राजु पोखरेल
दमक/ भदौ २८ गते हुन लागेको दमक उद्योग बाणिज्य सङ्गको निर्वाचनमा प्रगतिशील प्यानलबाट अध्यक्ष मा बिमल खतिवडाले टिकट पाउने लगभग निश्चित भएको छ। नेकपाको समर्थनमा रहेको प्यानलमा बिमललाई टिकट दिन नेकपाका नेताहरु सहमत भएको स्रोतले जनाएको छ।
लामो समय देखि दमकमा रहेर व्यापार गरेरहेका खतिवडा नेकपाको पुराना कार्याकर्ताको रुपमा चिनिन्छन । लामो समय देखि दमक उद्योग वाणिाज्य सङ्गमा काम गरिरहेका खतिवडा दमकका इमानदार ब्याक्तिको रुपमा परिचित छन। उनी दमक उ वा सङ्गमा सदस्य हुँदै बर्तमन बरिस्ठ उपाध्यक्ष हुन। पाटी भित्र पनि खतिवडालाई टिकट दिदा जित्ने निश्चित भएपछि उनलाई टिकट दिन लागिएको नेकपा स्रोत ले जनाएको छ।