• बिर्तामोड । विएण्डसी अस्पताल बिर्तामोडमा स्वास्थ्य विमा गरेका नेपाली नागरिकको उपचार हुने भएको छ । आज पत्रकार सम्मेलन गर्दै अस्पतालले भदौ १ गतेबाट विमा गरेका नागरिकको उपचार गर्ने जनाएको छ ।

    स्वास्थ्य विमा वोर्ड र अस्पतालले गत साउन १२ गते गरेको सम्झौता अनुसार विमाबाट उपचार गर्ने सहमति भएको छ । सम्झौता पत्रमा बोर्डका कार्यकारी निर्देशक रमेश कुमार पोखरेल र विएण्डसीका कार्यकारी निर्देशक दुर्गा प्रसाईले हस्ताक्षर गरेका छन् ।

    शुरुआतमा विमा गरेका विरामीको उपचार गरेको अस्पतालले प्राविधिक समस्या देखाउँदै सो काम रोकेको थियो । स्वास्थ्य वोर्डले उपचारका लागि अस्पताललाई निर्देश गरे बमोजिम उपचार गर्नुपर्ने उल्लेख गरिएको छ । तोकिएको औषधि र उपचार सेवा उपलब्ध गराउन अस्पताल बाध्यकारी हुने बताइएको छ ।

    झापामा विमा गरेका विरामीले सहजै उपचार नपाएको गुनासो गर्दै आएका छन् । आवश्यक औषधि र उपचार सेवामा समेत विरामीलाई समस्या भइरहेको गुनासो बढिरहेको बेला विएण्डसीले समेत यो सेवा सञ्चालनको तयारी गरेको छ ।

    निश्चित अस्पतालले मात्र स्वास्थ्य विमाका विरामीको उपचार गर्ने भएकाले अब केहि सहज हुने अनुमान गरिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…