• काठमाडौं, १९ साउन । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव नैतिक संकटमा परेका छन् ।

    उनले गत असार १० गते प्रतिनिधि सभामा बोल्दै सरकारले अब उपचारको लागि विदेश जाने कसैलाई पनि पैसा नदिने बताएको एक महिनाकै समयमा प्रधानमन्त्री खड्गप्रसाद ओली स्वास्थ्योपचारका लागि सिंगापुर हिडे । प्रधानमन्त्री ओलीको स्वास्थ्य उपचार सिंगापुरमा हुँदैछ ।

    प्रधानमन्त्री ओलीको सिंगापुरको ‘नेसनल युनिभर्सिटी हस्पिटल’ मा स्वास्थ्य परीक्षण भइरहेको छ । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण गरेर आगामी शुक्रबार (२०७६ साउन २४ गते) स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

    प्रधानमन्त्री ओलीले राज्यको ढुकुटीमा विदेश सयर सहित महंगो उपचार गरेसँगै उपप्रधान तथा स्वास्थ्यमन्त्री यादव धर्मसंकटमा परेका छन् । उपप्रधान तथा स्वास्थ्यमन्त्रीलाई यादवलाई प्रधानमन्त्री ओलीले पारे नैतिक संकटमा पारेको चर्चाले स्वास्थ्य मन्त्रालयमा गरमागर्मी बढाएको छ ।

    उनलाई नैतिक संकटमा परेको छ । सामान्यतया प्रधानमन्त्रीको स्वास्थ्योपचारको खर्च सरकारी तबरबाट व्यहोर्ने चलन भैरहेको अवस्थामा स्वास्थ्यमन्त्री यादवको उक्त भनाइले मूर्तरुप नपाएको हो ।

    राज्यको उपल्तो तहका भिभिआईपीको सकेसम्म नेपालमै उपचार हुनु पर्ने भनिएपनि गराई र भनाई विल्कैले भिन्न रहेको पाइएको छ ।

    मन्त्री यादवले नेपालमा उपचार नभएर मात्रै विदेश जाने नगरेको बताउँदै पैसा भएर विदेश जानेलाई भने रोक्न नसकिने उल्लेख त्यो बेला गरेका थिए ।

    त्यसैले यादवको बोलीलाई ध्यान दिंदै प्रधानमन्त्री ओलीले पनि उक्त भ्रमण र स्वास्थ्योपचारलाई व्यक्तिगत खर्चका रुपमा गराएमा यादवको वचनको रक्षा हुने देखिए पनि प्रधानमन्त्री ओलीले सो कार्यलाई व्यक्तिगत खर्चमा परिणत गर्ने संभावना भने कमै रहेको समाचार स्रोतको दाबी छ ।

    यादवले त्यो बेला ‘अब शक्तिशालीले पनि विदेशमा उपचार गर्न सरकारी कोषबाट पैसा पाउँदैनन्, त्यसबारे कानून नै बनिसकेको छ, सरकार यो व्यवस्था लागू गराउन कटिवद्ध छ, तपाईंहरु ढुक्क हुनुस् ।’

    भनेको कुरा संसदको अभिलेखमा सुरक्षित भएकाले पनि आफ्नो बोलीको रक्षाका लागि भए पनि यादवले ओलीलाई सुझाउनु उचित हुने भनी यादवलाई सल्लाह उनका निकटवर्तीहरुले दिएको स्रोतले बताएको छ ।

    नेपालमै उपचार हुने रोगको लागि पनि राज्यकोषको दोहन गरेर नेताहरु विदेश जाने परिपाटी अझै नरोकिएकोमा भने वुद्धिजीवीहरुले चिन्ता व्यक्त गर्दै आएका छन् ।

    यो रोक्नको लागि धेरै कार्यविधिहरु बने पनि शक्ति र पहुँचको आधारमा राज्यकोषबाट उपचार खर्च बापत रकमको दुरुपयोग हुने क्रम बढिरहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…