• काठमाडौं, १९ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुलाई पार्टीकै बद्नाम गर्ने लुटाहा मन्त्री हटाउन एकपछि अर्को सकस थपिदो छ ।

    गुटले जेलेका यस्ता मन्त्रीहरुलाई अध्यक्षद्वयले समेटेका छन् । यहाँ माधवकुमार नेपाल र झलनाथ खनाल मात्र छैनन्, बामदेव गौतम पनि छन् ।

    सरकारले राम्रो गति नलिनु भ्रष्टाचारको दाग लागेकाहरुलाई यथावत राख्नु हो । मातृका यादव, रघुवीर महासेठ, चन्द्रप्रकाश खनाल, बिना मगर, थममाया थापा, गोकर्ण विष्ट, शक्ति बस्नेतले काम देखाएका छैनन् ।

    पार्टी एकता र सरकारको काम दुवैतिर ओझेलमा परेको छ । अहिले नेकपाको एकता जनताको अपेक्षा हो । कार्यकर्ताको माग पार्टीका रुपमा रहेका कम्युनिष्टका हाँगाहरु छिमलेर एउटै ठूलो वृक्षका लागि जुट्ने हो ।

    पार्टीका लक्ष्य र उद्देश्य पूरा गर्ने दायितव जो सरकारमा छन्, तिनले हो । तर, अहिले नेकपाको सरकार जनताप्रति बफादार देखिँदैन ।

    मन्त्रीहरु बोल्छन् तिनका बोली न त कर्मचारीले पत्याउँछन्, न त कार्यकर्ताले साथ दिएर लाग्छन् । अहिले जे भएको छ, त्यसले पार्टीमा जमेर बसेको गुटबन्दीलाई बल पुर्याएको छ ।

    प्रधानमन्त्री आफैं पनि निराश छन् । भन्न भएको छैन, पार्टीको अध्यक्ष उनी आफैं छन् । उनको बोलीको कार्यान्वयन गराउन सचिवालय लाग्दैन । पार्टी विवादमा नेता नै जिम्मेवार छन् ।

    जो पदमा भिडेका छन् ।शुरुमै मन्त्रीहरुलाई गुटका आधारमा भाग लगाइयो, नाम पार्टीको जोडियो, काम गुटले घेरियो ।

    सरकार कम्युनिष्ट पार्टीको छ, काम गर्छन् कालोबजारलाई प्रोत्साहन दिलाउने र विचौलियाको सेवा गर्ने अहिले देशमा राजनीति इमान्दारिता छैन, लगनशीलता छैन, कम्युनिष्ट पार्टीका नेतालाई माफियाकरणले ग्रस्त बनाएको सबैलाई थाहा छ, गोलमेचमा उल्लेख छ ।

    एउटा पार्टीका दुई जना अध्यक्ष छन् । तिनकै सेवक भएवापत असक्षम र भ्रष्टहरु मन्त्री भएका छन् । ठूला ठूला घोटलासँग मन्त्रीको नाम जोडिन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…