• सर्लाही । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टी सङ्गठन अहिले राम्रो ढङ्गले चल्न नसकेको बताएका छन् । पार्टीमा गुटउपगुट र विभिन्न किसिमका नराम्रा पक्षहरु रहेका महामन्त्री कोइरालाले बताए ।

    आइतवार दिउँसो सर्लाहीको लालबन्दीमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै कांग्रेस महामन्त्री कोइरालाले आगामी दिनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन सङ्गठनलाई सुधार गर्न जरुरी रहेको बताए ।

    पार्टीको गढ मानिने प्रदेश २ मै अहिले कांग्रेसको दुर्दशा रहेको भन्दै महामन्त्री कोइरालाले गुटउपगुटले कांग्रेसलाई सबैतिर ध्वस्त गराएको तर्क गरे । प्रदेश २ कांग्रेसको गढ भनिन्थ्यो, आज यस्तो दुर्दशा छ, कारण कस्को ? हाम्रै कारण हो, कोइरालाले भने, 'यहाँ पनि गुट र उपगुटले पार्टीलाई ध्वस्त गराएको छ ।'

    अब एउटाले अर्कालाई दोष लगाउने भन्दा पनि पार्टीलाई बलियो बनाउन सामूहिक रुपमा लाग्नुपर्नेमा कांग्रेस महामन्त्री कोइरालाको जोड छ । केन्द्रमा त प्रदेश २ उपसभापति विमलेन्द्र निधीलाई जिम्मा लगाइदिएको भन्छन्, यो कुरा सुन्दा तपाईहरुलाई पनि राम्रो लाग्दैन्, महामन्त्री कोइरालाले भने, 'कुनै एउटा व्यक्तिलाई जिम्मा लगाएर पार्टी चल्दैन । अब सामूहिक किसिमले अघि बढेर यो प्रदेशमा कांग्रेसलाई कसरी बलियो बनाउने भन्ने कुरामा केन्द्रित हुनुपर्ने उनको भनाई छ ।

    कोइरालाले आफू आगामी महाधिवेशनपछि पार्टी भित्रका सबै किसिमका गुटउपगुट अन्त्य गरी पहिलो पार्टी बनाउन लाग्ने उद्घोष गरे । अबको डेढदेखि दुई वर्षमा पार्टीको महाधिवेशन हुने उल्लेख गर्दै त्यसको एक वर्षपछि हुने स्थानीय निर्वाचनमा पार्टीलाई पहिलो बनाउन सशक्त किसिमले अघि बढ्नुपर्ने कोइरालाको भनाई छ ।

    कांग्रेस लालबन्दी नगर सभापति प्रशान्त आचार्यको सभापतित्वमा आयोजित कार्यक्रममा पूर्वमन्त्री द्वोय सञ्जय गौतम र शम्भुलाल श्रेष्ठ, पार्टी जिल्ला सभापति नागेन्द्र राय, पूर्व जिल्ला सभापति लक्ष्मण रायलगायतको उपस्थिति थियो । महामन्त्री कोइरालाकै प्रमुख आतिथ्यतामा आइतवार बिहान सदरमुकाम मलङ्गवामा पनि अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरिएको थियो ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…