• काठमाडौं, २० साउन । नेपाली कांग्रेसभित्र हिन्दू राष्ट्रको एजेण्डा जीवनभर बोकेका नेता खुमबहादुर खड्काको बिडो थाम्न अहिले केन्द्रिय सदस्य शंकर भण्डारी कस्सिएका छन् ।

    हिन्दु राष्ट्रको विषयले कांग्रेसमा बेलाबेला चर्चा पाए पनि मूर्त रुप पाउन नसकेको बेलामा केन्द्रीय कार्य समितिको बैठक बसिरहेको छ । जारी बैठकमा सदस्य भण्डारीले हिन्दू राष्ट्रको विषय उठाउने बताउँदै आएका छन् ।

    भण्डारीले सार्वजनिक कार्यक्रमहरूमा हिन्दू राष्ट्रको कुरा उठाउने गरेका छन् । कांग्रेसभित्र नेता भण्डारीले मात्रै जोडदार रुपमा हिन्दू राष्ट्रको पक्षमा आवाज उठाउने गरेका हुन् ।

    महामन्त्री डा. शशांक कोइरालाले पनि हिन्दू राष्ट्रको पक्षमा बेलाबेला अभिव्यक्ति दिने गरेका छन् । डा.कोइरालाले हिन्द ूराष्ट्रको पक्षमा बोले पनि उनले स्पष्ट रुपमा एजेण्डा बोक्न सकेको छैनन् ।

    हिन्दू राष्ट्रको पक्षमा उनको दोहोरो चरित्रले कांग्रेसका नेता तथा कार्यकर्ताहरू आश्चर्यमा परेका छन् । अर्का नेता डा.शेखर कोइरालाले पनि हिन्दू राष्ट्रको पक्षमा झिनो स्वरमा अभिव्यक्ति दिँदै आएका छन् ।

    उनले पनि जिब्रो चपाएको कांग्रेसभित्र हिन्दू राष्ट्रको पक्षमा आवाज उठाउनेहरूले आरोप लगाउने गरेका छन् ।नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला नै नेपाललाई धर्म्निरपेक्ष बनाउन सक्रिय भएर लागेको आरोप छ ।

    दोस्रो जनआन्दोलनपछि महत्वपूर्ण पदमा रहेका सिटौलाले अन्तरिम संविधान बनाउने क्रममा हिन्दूराष्ट्रको शब्द हटाएर धर्मनिरपेक्षता बनाउन भूमिका खेलेको आरोप कांग्रेसी स्वयं लगाउछन् । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…