•  

    काठमाडौं- नेपाली कांग्रेस र राजपाले सरकारलाई संसदप्रति उत्तरदायी बनाउन सदनमा नाराबाजी गर्नुपर्ने अवस्था आएको जानकारी दिएका छन् ।

    २७ दिनदेखि जारी संसदको अवरोध हटाउँदै नेपाली कांग्रेसले मानवअधिकारको विषयमा सरकारलाई जिम्मेवार बनाउन संसद अवरोधको अवस्थासम्म पुग्नु परेको जानकारी दिएका हुन् ।

    प्रतिनिधि सभाको सोमवार बसेको बैठकको शुरूमै सभामुखसँग समय लिएर बोलेकी प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले संसदलाई गतिशिल बनाउनु पर्दछ भन्ने प्रतिपक्षको मान्यता रहेको बताइन् ।

    सरकारलाई संसदप्रति उत्तरदायी बनाउन आफूहरूले लोकातन्त्र र मानव अधिकारको विषयलाई सदनमा प्रवेश गराइएको भुसालले बताइन ।

    ‘प्रमुख प्रतिपक्षी दलले उठाएका मागको सम्बोधनका लागि सभामुखको प्रभावकारी भुमिकाको अपेक्षा राखेका छौं’ भुसालले भनिन् । राजपाका राजकिशोर यादवले सभामुखले रुलिङ गरिसकेको विषयमा सरकार गम्भीर नभएकोले संसदको बेलमा नारावाजी गर्नुपर्ने अवस्था सिर्जना भएको समेत जानकारी दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…