रातोकलम अनलाइन।
साउन-२०,क्वालालम्पुर।
-नेपाल आदिवासी जनजाति महासघं मलेसियाले यहि अगष्ट ११ तारीख २५औ आदिवासी दिवस मलेसिया स्थित नेपाली राजदुतावासको हलमा एक भब्य कार्यक्रम गरि मनाउने भएकोछ ।
उक्त कार्यक्रममा नेपाली राजदुतावास, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु र बैदेशिक रोजगारमा रहेका नेपालीहरुको उपस्थिति रहने छ ।
कार्यक्रममा मलेसियामा रहेर समाज र राष्ट्रको लागि योगदान पुय्राउने आदिवासी जनकाति समुदायका खेलाडि, कलाकार, लेखक तथा साहित्यकार, पत्रकार र समाजसेवीहरुलाई सम्मान गरिने ।
साथै आदिवासी जनजातिहरुको संस्कार र संस्कृति झल्कने जातिय झाकी पनि प्रस्तुत हुने नेपाल आदिवासी जनजाति महासघं मलेसियाका महासचिव सबिन लोप्चनले जानकारी दिए ।