• काठमाडौं । नेपाली टेलिभिजनको चर्चित कार्यक्रम ‘सिधाकुरा जनतासँग’का रिपोर्टर शालिकराम पुडासैनी चितवनमा मृत भेटिएका छन् । चितवन पुगेका पुडासैनीले सोमबार राति पोखरा बसपार्कस्थित होटल कंगारुमा मृत भेटिएका हुन् ।

    सोमबार दिउँसो साढे ३ बजे होटलमा चेकइन गरेका पुडासैनीलाई बेलुकी मृत भेटिएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । राति पौने १० बजे खाना खानको लागि बोलाउन जाँदा ढोका नखोलेपछि, ढोका खोलेर हेर्दा भुण्डिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दान बहादुर मल्लले जानकारी दिनुभयो ।

    शव झुण्डिएको र भित्रैबाट ढोका लक भएकोले पनि आत्महत्या नै गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । अन्य विवरण पोस्टमार्टमपछि पत्ता लाग्ने प्रहरी उपरीक्षक मल्लले जानकारी दिनुभयो । शवलाई अहिले पोस्टमार्टको लागि लैजाने तयारी भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    विगत दुईवर्षदेखि न्यूज २४ टेलिभिजनको लागि नुवाकोटबाट रिर्पोटिङ गर्दै आएका उनी एकवर्षदेखि काठमाडौंको केन्द्रीय कार्यालयमै रहेर रिर्पोटिङ गर्दै आएका थिए । खोज पत्रकारितामा रुची राख्ने पुडासैनी यसअघि निरन्तर पत्रकारितामै सक्रिय थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…