• मोरङ । जि पि कोइराला अध्यायन केन्द्र मोरङले गर्ने भनिएको बिचार गोष्टी स्थगित भएको छ । गिरिजा बाबुले देखाएको बाटो र वर्तमान समयमा युवाहरुको भुमिका भन्ने विषयमा जि पी कोइराला अध्ययन केन्द्र मोरङले सोमवार गर्ने भनिएको विचार गोष्ठी अन्तिम समयमा आएर स्थगित भएको हो ।

    कार्यक्रमको सबै तयारी भएको थियो तर पाटिका जिम्मेवार मान्छेले कार्यक्रम स्थगित भएको भन्दै ह नेता तथा वक्ताहरुलाई हौवा फिजाएपछि कार्यक्रम स्थकित भएको हो ।

    कार्यक्रमको अघिल्लो दिन एकासी नेताहरुले अन्यन्त्र कार्यक्रम तय गरेको जानकारी पाएको कार्यक्रम संयोजक तथा जि पि कोइराला अध्यायन केन्द्र मोरङका सभापति सुविन पराजुलीले बताए ।

    कार्यक्रममा धनराज गुरुङ र चन्द्र भण्डारीको आफ्नै जिल्लामा कार्यक्रम भएकाले आउन नभ्याउने जानकारी गराउनु भयो यता गगन थापालाई भने कार्यक्रम स्थगित भएको भनेर झुटो सुचना पुगेको रहेछ, पराजुलीले बताए ।

    सम्भवतः पथरीशनिश्चरेमा यो नै ठुलो कार्यक्रम हुन लागेको थियो । पार्टीको आन्तरिक किचलो, गुट र उप गुटका कारण कुनै पनि कार्यक्रम हुन सकेको छैन ।

    लामो समय सम्म कुनै कार्यक्रम नभएकाले उदाउदा जुझारु युवा नेता तथा जि पि अध्यायन केन्द्र मोरङका सभापति सुविन पराजुली, रोशन पराजुली, गिरिस सावाले नगर कार्यसमितीको समन्वयमा कार्यक्रम तय गरेका थिए ।

    नेकपाले जरो गडोको ठाउँमा काङ्ग्रेसका शिर्ष नेता शशांक कोइराला, गगन थापा, प्रदिप पौडे्ल, गुरुराज घिमिरे, बद्रि पाण्डे, जीवन परियार र कुन्दन काफ्ले आउने भएका थिए ।

    बिना जानकारी कार्यक्रम स्थगित भए पछि स्थानिय नेतामा खैला बैला मच्चिएको छ । आयोजकले आइतबार दिनको १२ बजे सम्म बजारमा झन्डा गाड्दै आएको तर एक्कासी कसैको स्वार्थका लागि कार्यक्रम स्थगित भएको स्थानीय कार्यकर्ताको बुझाई रहेको छ ।

    कार्यक्रम के कति कारणले रोकिएको भन्ने बिषयमा स्थानिय नेता तथा कार्यकर्ताहरुमा समेत जानकारी छैन । एक कार्यकर्ताले नाम गोप्य राख्ने सर्तमा भने “कार्यक्रमको सबै तयारी पुरा भएको र नेताहरु पनि आउने तयारी भएको थियो केहि नेता हिडी सकेका थिए, तर पुर्व महाधिबेशन प्रतिनिधी केशव दुलालले आफुलाई कार्यक्रमका विषयमा सोधि खोजि नगरेको भन्दै आउने नेताहरुलाई रोकेको श्रोतको दावी छ ।

    जव स्थानिय स्तरमा कार्यक्रम र चुनावहरु हुने गर्छ तव गाँउ पस्ने गरेका दुलाल आफु निकटकालाई सहयोग गर्ने र मन नपरेका पार्टी कार्यकर्तालाई हराउने गरेका स्थानियको आरोप छ ।

    यता दुलाल संग संम्पर्क गर्दा आफुलाई सो कार्यक्रमको विषयमा केहि थाहाँ नभएको बताए । आफुले कार्यक्रमको बारेमा र बजारमा उठेका नकरात्मक टिपणीको विषयमा पत्रकार मार्फत जानकारी भएको बताए ।

    कार्यक्रम पुर्ण तयारी भएको थियो, हामी जिल्लाका सबै सहभागि हुने तयारी थियो यसरी स्थगित हुदा पार्टीलाई ठुलो क्षति भएको छ, धिमिरेले बताए ।कार्यक्रममको लागि शशांक कोइरालालाई लिन जानु भएको पार्टीका जिल्ला सचिव नागेस कोईराला मार्फत कार्यक्रम स्थगित भएकोे भन्ने कुरा थाहा भएको तर के कति कारणले स्थगित भएको थाहा नभएको अर्का जिल्ला सचिव मोदराज घिमिरेले बताए ।

    यता नगर सचिव दुर्गा भट्टराईका अनुसार शोकका कारण स्थगित भएको शोक पछि चाडै कार्यक्रम गर्ने बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…