• काठमाडौं । भारतीय पूर्वविदेशमन्त्री सुष्मा स्वराजको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।आज लोधी रोडस्थित विद्युतीय शव दाहागृहमा उनको अन्त्येष्टि गरिएको हो । सुष्मा स्वराजकी छोरी बाँसुरीले अन्तिम संस्कारको धार्मिक संस्कार गरेकी थिइन् ।

    अन्त्येष्टिका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतीय जनता पार्टीका नेताहरु उपस्थित थिए । यसअघि उनको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि भाजपा कार्यालयमा राखिएको थियो । अन्तिम श्रद्धाञ्जलीका लागि पुगेका भारतीय प्रधानमन्त्री माेदी समेत भावुक भएका थिए ।

    भारतकी पहिलो पूर्णकालीन महिला विदेशमन्त्रीसमेत रहेकी स्वराजको ६७ वर्षको उमेरमा मंगलबार राति निधन भएको थियो । दिल्ली र हरियाणा सरकारले सुष्मा स्वराजकाे सम्मानमा २ दिन राजकीय शाेककाे घाेषणा गरेका छन् ।

    सुष्माको निवासमा लालकृष्ण आडवाणीलाई श्रद्धांजलि अर्पण आएका थिए। राष्ट्रपति रामनाथ कोविन्द, लोकसभा अध्यक्ष ओम बिर्ला र गृहमन्त्री अमित शाहले सुष्मालाई उनको निवासमा श्रद्धांजलि अर्पण गरे।

    यसका अलावा कांग्रेस नेता राहुल गांधी, सोनिया गांधी, बाबा रामदेव, भाजपा सांसद हेमा मालिनी, केरल के पूर्व मुख्यमंत्री ओमान चांडी, दिल्ली के ले.गवर्नर अनिल बैजल, बसपा प्रमुख मायावती, कैलाश सत्यार्थी समेत कयाैं राजनीतिक हस्तिले सुष्मालाइ श्रद्धाञ्जली दिएका थिए । राज्यसभा मा पनि सुष्मालाइ श्रद्धांजलि दिइयाे ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…