• झापा । कहिले सरसफाई कार्यक्रम त कैले दिनदुखीको सेवा । कैले वाल सचेतना त कहिले समाजमा बिकृती र कुरुती बिरुद्ध अभियान । यी र यस्तै सामाजिक काममा अहोरात्र खटिन्छन्,उनी ।

    उनी हुन् भर्खर जुँगाको रेखी बस्ने उमेरका १९ वर्षीय अबिसेक खतिवडा । अहोरात्र दुःखीहरूकै सेवाको योजनामा घोत्लिरहन्छन,उनी ।

    झापा हल्दिबारी निवासी अबिशेक सामाजिक कार्यमा निकै सक्रिय छन् । सानो उमेर देखि नै सक्रिय भई विभिन्न रचनात्मक ,चेतनामूलक अभियानहरु बाल क्लबको नेतृत्व समाल्दै उनले समाजसेवा गरिरहेका छन् ।

    समाजमा भएका कुथिती बिकृती समस्याहरुको  निराकरण तथा न्यूनिकरणका गर्न खोज्ने र गरिब दुखी लाई सहयोग गर्न लागि पर्ने का लागि खतिवडा निस्वार्थ रुपले सेवा मुलक रुपमा १९ बर्ष कै उमेर मा सक्रिय छन् ।



    हल्दिबारी मा हर क्षेत्रमा सकारात्मक दृष्टिकोण ले सहयोग देखि साना साना बालबालिकाहरुलाई शैक्षिक सामाग्री , चेतना जगाउन , लगायतका सहयोगमा आफू लाई अब्बल राख्न सफल छन् । सानो उमेर देखि सरसफाइका लागि चोकको फोहोर टिप्ने , बालबालिकाको सहयोग र उनी हरुको लागि आवाज उठाउने काम लागतमा उनी सहभागी हुन्थे ।

    खतिवडा ढडुवा सरसफाइ अभियान का उनी संयोजक पनि हुन् । निस्वार्थ रुपमा सामाजिक कार्य मा मात्र होमिन खोज्ने खतिवडा बढी सहकार्य सम्वन्य र सरसल्लाह ले टिमवोर्क मार्फत काम गर्न रुचि राख्छन् । खतिवडा जलथल बाल क्लबका पुर्व अध्यक्ष ,स्टुडेन्टस क्रिएटिभ फोरम सस्थापक अध्यक्ष , युबा तथा खेलकुद बिकास समिति सदस्य ,नेपाल प्रहरी सामुदाय साझेदारी सदस्य तथा अन्य विभिन्न संघ सस्था र समूहमा आवद्ध छन् ।

    १४ बर्ष को उमेर देखि सुरु मा जलथल सिटि नामक युबा संस्था र जलथल बाल क्लबबाट सामाजिक जीवन सुरु गरेका खतिवडाको जन्म साबिक जलथल हाल हल्दिबारी गाउँपालिका वडा नं. ३ मा २०५७ साल पुस ०८ गते भएको थियो ।

    खतिवडा १२ मा अहिले हल्दिबारी कै चिल्ड्रेन गार्डेन विद्यालयमा अध्ययन गर्दै आएका छन् । सामाजिक काममा सक्रिय खतिवडा भन्छन्, कहिले मोवाईलमा ब्यालेन्स हुँदैन्, कहिले साथीभाईले चिया खुवाउने पैसा हुँदैन् , तर आफ्नो समस्या लुकाएर समाजको हितमा दौडिरहेको छु । समाजको हितमा हिड्दा कहिले काँही छिर्के लगाउनेहरु देख्दा उनलाई दुख लाग्छ भने अझै केहि गरेर देखाउने प्रेरणा मिल्ने गरेको अबिसेक बताउछन् ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…