• स्वागत पुन मगर
    साउन-२३ दमाम,

    साउदी अरबको एक कन्ट्रक्सन कम्पनिले बिचल्लीमा पारेका नेपालिहरुको नेपाली राजदुतावास साउदी अरब र नेकपा पार्टी सम्बद्ध बिदेश बिभाग प्रबाशी नेपाली एकता मञ्च साउदीको समन्वयमा उद्दार गरिएको छ।उक्त युवाहरु DISTINGUSHED BROTHERS TRADING and COTRACTING CO कम्पनीमा रोजगाररत थिए। २० जनाको सङ्ख्यामा रहेका नेपालिहरु बिगत ४ महिना देखिको पारिश्रमिक नपाए पछी बिचल्लीमा परेका थिए।

    आपतमा परे पछी हार गुहार माग्ने क्रममा १२ जुन २०१९ मा नेपाली राजदुतावास साउदी अरब र प्रवासी नेपाली एकता मञ्च लगायत गैर अावासिय नेपाली संघ साउदी समक्ष पिडितहरुले उद्दारका लागि निवेदन बुझाएका थिए।श्रोतका अनुसार गैर अावासिय नेपाली संंघ(एन अार एन) ले फलो अप गर्छौ भन्नू वाहेक अन्य कुनै जिम्मेवार जवाफ नदिएको बताए। भने यता प्रवासी नेपाली एकता मञ्चले टेलिफोन सम्पर्क गर्दै पीडितहरु लाई खोजी गर्न थाले।

    निक्कै समयको खोजी पश्चात् प्रबाशी नेपाली एकता मंच साउदी अरबका संयोजक पिडितहरु सम्म पुगेर उनिहरुको अवस्था बारे बुझेका थिए।भने उक्त पिडितहरु लाई उद्दारको निमित्त दूतावास लाई खबर गरेका हुन।यसैगरि दुतावासका पुर्वी क्षेत्रका ईञ्चार्ज तथा दुतावासकै स्थानिय कर्मचारी हरि धिमिरेको बिशेष पहलमा उद्दार गरिएको श्रोतले जानकारी दिएका छन।भने पिडीत मजदुरहरु लाई आगामी अगस्ट १३ तारिक हिमालय विमान मार्फत नेपाल फर्काइने जानकारी दिएका हुन।

    उद्दार गरिएका नेपाली कामदारहरुको बिवबरण यसप्रकार रहेको छ।
    १.सोभन बहादुर पुन मगर
    २.राम बहादुर तामाङ्ग
    ३.रमेश विस्वकर्मा
    ४.शिव कुमार कुर्मी
    ५.खित बहादुर श्रेष्ठ
    ६.गणेश बहादुर कार्की
    ७.खिम लाल पोख्रेल
    ८.रुद्र बहादुर पछाइ
    ९.रकत बहादुर सुनुवार
    १०.कृष्ण बहादुर पाङ्गेनी
    ११.मणि राम पुन
    १२.मान बहादुर बस्नेत
    १३.लोक बहादुर कार्की
    १४.हर्क बहादुर नेपाली
    १५.शिव चन्द्र मुसहर
    १६.श्याम बहादुर कट्वाल
    १७.सन्तोष राम
    १८.सुनिल कुमार रजक
    १९.तिर्थ कुमार तामाङ्ग
    २०.चेथरु महरा

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…