• उर्लाबारीः मोरङको उर्लाबारी–३ की २६ वर्षीया रेखा गिरीको रहस्यमय तरिकाले मृत्यु भएको भन्दै छानबिन गर्न माग गरिएको छ ।

    बुधबार बिहान भ¥याङबाट लडेर गिरीको मृत्यु भएको भनिएको थियो । तर, भारतबाट रेखाका माइती पक्षका सदस्य आएपछि घटनाले नयाँ मोड लिएको हो । रेखाको घाँटीलगायतमा चोट देखिएकाले मृत्यु रहस्यमय बनेको भन्दै स्थानीयले पनि घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका छन् । रेखाका पति दिनेश गिरीले हत्या गरेको भन्दै स्थानीयवासीले दोषीलाई कडा कारवाही गर्न माग गरे ।

    प्रहरीले दिनेशलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक रेखाको शव पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । मृतक रेखाका ३ वर्र्षीय छोरा र ५ वर्षीया छोरी छन् । दिनेशका २ जना पत्नी थिए । जेठी पत्नी माइतीघरमा बस्दै आएकी छिन् ।

    https://www.youtube.com/watch?v=s7T3GkkzcLU

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…