गोपालप्रसाद पोखरेल
मोरङ । गर्नेलाई जहिल्यै उस्तै नगर्नेलाई कहिल्यै वातावरण वन्दैन भन्ने युक्तीलाई पथरी शनिश्चरे ६ का अध्यक्ष जय तामागंले प्रमाणीत गरेका छन ।
स्थानीय कैलास नुनियाका अनुसार जनप्रतिनिधि हुनु अगावै २०५८ सालमा पथरी शनिश्चरे ८ मा अवस्थित मिलनचौक दाहलु सडक खण्ड निर्माणमा योगदान गरे । उपभोक्ता समीतीमा बसेर आफ्नै खल्तीबाट रकम हालेर सडक निर्माण गर्न सघाउ पुरयाए । स्थानीय विरेन्द्र महतो भन्छन,त्यतीमात्र होईन पथरी ६ मा अवस्थित दोहलु क्षेत्रमा बिद्युत विस्तारका क्रममा पोल खरिद गर्ने रकम अभाव भएपछी उनि आफ्नै खल्तीको पैसाले पोल खरिद गरेर गाँउनै झलमल्ल बनाए । स्थानी युबा अनुसार प्रयजसो पथरी शनिश्चरेको ८ र ६ का बहुसंख्यकम विकास निर्माणका काममा आर्थीक वा भौतीक रुपमा लगानि हुने गथ्यौ । विपन्न परिवारमा हुर्कीएका तामागं समाजसेवी पनि हुन ।
आफ्नै बाहुबलले आर्जन गरेको सम्पती विपतमा परेकाहरुलाई सहयोग गर्छन । पटक पटक आईरहने बाढीले पिडामा परेकाहरुलाई खाना खुवाउनुका साथै औषधि उपचार गर्ने सम्म काम गर्छन । कैलु भन्छन, जनप्रतिनिधि हुनु भन्दा अगावै देखि समाज र जनताको सेवा गर्ने मान्छे हुन तजय । बैदेशिक रोजगारीका क्रममा विदेशिएका गोविन्द लिम्बु आफ्नो फेसबुकमा स्टाटसमा बर्षाले भत्काएको भाते गौडा हसन्दह सडक जयको पहलमा खुलेकोमा खुसि व्यक्त गरेका छन । गोविन्द चुनावका बेला जयका आलोचक थिए ।
स्थानीय सुरेन्द्र लिम्बु भन्छन, जय आँखामा राख्दा नबिझउने मान्छे हो कसैलाई बिझउदैन । आपत विपत पर्दा सवै भन्दा पहिला वडा अध्यक्ष जय वहादुर तामाङ्गको आवश्यकता खडकिन्छ वडा न. ६ र ८ मा । अति विपन्न परिवारका मुसहर परिवारमा चामल वाडने होस वा जाडो याममा न्यानो कम्मल वाडने काम वडा अध्यक्ष तामाङ्गकै पहलमा भएको छ । वडावासीलाई अप्ठारो पर्दा तामाङ्ग आहातमा भगवान वनेर आउछन् । उनी भन्छन, मैले हर्ने नजर शुद्ध छ कसैलाई काखा पाखा गर्दीन । वडामा बजेटनै नहुदा पनि आफ्नै लगानीमा ६ नम्मर वडालाई बिकसीत बनाउने ल्याकत राख्छन जय । साना तिन समाजसेवा त २० बर्षको युवा अवस्था देखिनै गर्दै आएका छन । अब उनि आफ्नो ठाँउ बनाउन कम्मर कसेका छन । घरबार बिहिनहरुलाई त्रिपाल , अन्न, लुगाको व्यवस्था गरिदीर्नु त उनको नित्य कर्म जस्तै बनेको छ । दिन हिन र विपन्न र दैविक विपत्तीमा परेकाहरुले त उनलाई भगवान नै मान्छन स्थानीय रामकुमार चौधरी भन्छन ।