स्वागत पुन मगर,दमाम
९-अगष्ट २०१८
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध अन्तर्राष्ट्रिय बिभाग अन्तर्गतका मजदुर संगठन प्रवासी नेपाली एकता मञ्च साउदी अरबले दमाममा एक कार्यक्रम गरि प्रवासी नेपाली एकता मञ्चको केन्द्रीय अार्थिक विभाग संयोजक सोभान बहादुर पुनमगर र दमाम क्षेत्रीय कोषाध्यक्ष खिम लाल पोख्रेल लाई बिदाई गरेको छ।
बर्गिय र बैचारिक रुपले संगठित हुनुपर्छ भन्ने मान्यता राख्ने दुबै जना कम्युनिस्ट बिचारक हुन।भने एकता मञ्चमा सक्रिय पुर्बक सङाठानिक जिम्मेवारी लाई कुसल्ता पुर्बक निबार्ह गर्दै आइरहेका थिए।साउदिमा कार्यरत मजदुरका पक्षमा अतुलनीय योगदान दिएका दुबै जना यसै बिच प्रबासको बसाइ सकेर स्वदेश फर्किन लागेका हुन।भने कमरेड स्वागत पुन मगर रातोकलम अनलाइनका साउदी सम्बादाताका रुपमा लामो समय देखि आवद्ध रहेर निरन्तर मजदुरका पक्षमा कलम चलाउदै आएका थिए।
उक्त कार्यक्रममा मञ्चका केन्द्रीय सदस्य कमरेड कमल खरेलको अध्यक्षतामा सुरु भएको थियो। भने मञ्चका केन्द्रीय सदस्य कमरेड यम लामाद्वारा संचालित उक्त कार्यक्रमलाई स्वागत मन्तब्य केन्द्रीय सदस्य भक्त कार्की सर्वहाराले स्वागत मन्तव्य राखेका हुन।
मञ्चका केन्द्रीय सदस्य कमरेड हरि बुढाथोकी , कमरेड कृष्ण तामाङ मञ्चका दमाम संयोजक कमरेड बाबुराम तामाङ,मञ्चको अलहासा संयोजक गोविन्द वली तथा दमाम क्षेत्रीय सदस्य ईश्वर तामाङ लगायतका बक्ताहरुले कमरेड द्वय स्वागत पुनमगर र खिमलाल पोख्रेललाई शुभकामना मन्तव्य सहित बिदाई गरेका थिए।
आफ्ना भनाइ राख्ने क्रममा पुन र पोख्रेलले आफुहरु जहाँ रहे पनि पार्टी र संगठनको हितकै निम्ति काम गर्ने र पार्टीले खटाएको ठाउमा जिम्मेवारी बहन गर्न आफुहरु सधैं तयार रहेको प्रतिबद्ध जाहेर गरे।
यसै गरि मञ्चका केन्द्रीय सदस्य तथा सभाका अध्यक्ष कमरेड कमल खरेलले साउदी अरबमा पछिल्लो समय नेपाली श्रमिकहरु धेरै मार्कामा परेका छन। त्यसका निमित्त उहाँहरुले खेल्नु भएको भुमिकाको प्रसंसा गर्दै उहाँहरुको योगदानको कदर गर्दै मायाको चिनो स्वरुप उपहार दिएर बिदाई गरेका थिए।