• रातोकलम अनलाइन ।
    क्वालालम्पुर,साउन-२५

    मलेसियामा गत जुलाइ २८ तारिख मजदुर एकता केन्द्र नामक तदर्थ समिति गठन भएको छ।समितिले मजदुर हितका निमित्त काम गर्ने लक्ष्य राखेको छ।

    विधान मस्यौदा तथा समिति गठनका बिसयमा छलफल गरी मलेसियामा रहेर श्रमिकका हक हितका बिसय उठान तथा सहयोग गर्दै आएका नेपालीहरुको भेला बाट मजदुर एकता केन्द्र को स्थापना गरिएको हो ।

    समितिको बैठक ले विधान मस्यौदा पारित गरि सोहि विधानको अधिनमा रहि समिति गठन गरेको हो।
    समितिले सम्योजकको जिम्मेवारी तेज बहादुर कार्की लाई सुम्फिएको छ।यसैगरी व. उपाध्यक्ष मा अर्जुन सिंह ठकुरी,उपाध्यक्ष मा लिलाराम यादव (सैलेस),
    उपाध्यक्ष मा वालकुमारी सुबेदी (दुर्गा),
    उपाध्यक्ष मा असिन ऐडि ,महासचिव दिलिप भट्टराइ (समर्पण), सचिव मा प्रेम बहादुर शाही(दीलिप)रहेका छन।

    क्रमशः कोषाध्यक्ष मा तिलोचन गौतम ,
    सह सचिव मा राम प्र. सुबेदी (संगम),सह कोषाध्यक्ष मा रेश्माकला राइ र सदस्यहरु देब बहदुर पुन ( मिलन ), सन्तोष फुल्लेल,रमेश कुमार परियार,मातृका लुइटेल रहने गरि १५ सदससिय तदर्थ केन्द्रीय समिति चयन गरेको श्रोताले जनाएको हो ।
    मजदुर एकता केन्द्रका सस्थापक समर्पण भट्टराइले समिति गठनको भेलामा बोल्दै मजदुरको हक अधिकारका निम्ति सदैव अग्रपङ्तिमा रहेर संघर्ष गर्ने बताए।

    उक्त बैठक को समापन गर्दै अध्यक्ष तेज बहादुर कार्किले मलेसियमा सयौ संस्था हरुको भिडमा एक थप संस्था मात्रै थप्ने उदस्य नभई साचिकै मजदुरको पक्षमा संघर्ष गर्ने संस्थाको अभाव महसुस गरेर नै नेपाली मजदुर एकता केन्द्र मलेसिया गठन गरिएको बताए।भने मजदुर प्रति सदैव उत्तरदायी रहेर संस्थाले काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…