साउन २६, काठमाडौँ । प्रहरीले लोकसेवा आयोगको समावेशी विज्ञापन विरुद्ध प्रदर्शनमा उत्रिएका आन्दोलनकारीहरुलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार १४ जना आन्दोलनकारीलाई नियन्त्रणमा लिईएको छ जसमा १३ जना पुरुष र १ जना महिला रहेका छन् ।
लोकसेवा आयोगको समावेशी विज्ञापनविरुद्ध पछिल्लो चरण लगातार प्रदर्शन तथा विरोध भैरहेका छन् । आजपनि उक्त विज्ञापनको विरोधमा काठमाडौंको भद्रकालीमा प्रदर्शनमा उत्रेका १४ जना आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले विज्ञापनको विरोधमा आइतबार भद्रकालीबाट र्याली सहित सिंहदरवार हुँदै लोकसेवा आयोगको कार्यालय घेर्न जाने क्रममा उनीहरुलाई भद्रकालीबाटै पक्राउ गरेको हाे ।
संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्ना गर्न विज्ञापन निकालेको थियो । हाल उक्त विज्ञापनअनुसार परीक्षा भइरहेको छ ।