• काठमाडौँ, २७ साउन

    राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको साझा साँस्कृतिक धरोहरका रूपमा रहेका असल परम्पराको संरक्षण तथा सम्बद्र्धनले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प हासिल गर्न मद्दत पुग्ने बताउनु भएको छ । इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इद (इदुल जोहा) का अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले असल पर्व र परम्पराको संरक्षण तथा सम्बद्र्धनले पर्यटन प्रबद्र्धनमा सघाउ पुग्ने पनि विश्वास व्यक्त गर्नुभयो ।

    “यस पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व अभिवृद्धि गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिएको छु”, शुभकामना सन्देशमा उल्लेख छ ।

    स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै उहाँले बकर इदले राष्ट्रिय एकता र सामाजिक सद्भाव सुदृढ तुल्याउँदै दिगो शान्ति कायम राख्न सकोस् भन्ने शुभेक्षा प्रकट गर्नुभएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…