• उर्लाबारी । बक्राहा खोलामा आएको बाढीले कटान तीब्र पारेपछि स्थानीयको नेतृत्वमा भएको अस्थायी तटबन्ध तथा च्यानलाईजको रकम भुक्तानी नभएको भन्दै आक्रोशित बनेका छन् ।
    स्थानीयबासीहरुले सोमबार उर्लाबारी–८ सन्थाल टोलको बक्राहा खोलामा पत्रकार सम्मेलन गरी विपतका बेला गरिएको तटबन्ध र च्यानलाईजको रकम निकासाका लागि कुनै चासो नदिएको भन्दै आक्रोश पोखेका हुन् । स्थानीय सरकार प्रमुख, प्रदेश सांसद र संघीय सांसदसमेतले विपतका बेला काम गर्नु रकम निकास हुने आश्वासन दिएको तर, अहिलेसम्म रकम निकास नहुँदा समस्यामा परेको भन्दै स्थानीयबासीले सहयोगी हातहरुलाई सहयोगका लागि अपिल गरेका छन् । च्यानलाईजको रकम उर्लाबारी नगरपालिकाका मेयर खडुग फागोले दिने आवश्वसन दिएका थिए भने प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) बाँसको पाईलिङको खर्च कोशी तटबन्धमार्फत उपलब्ध गराउने आश्वासन दिएपनि लोप्पा खुवाईदिएको उपभोक्ता समितिका अध्यक्ष नारायण बस्नेतले बताए । जनताको हितमा काम गर्छु बोलीले भन्ने तर, ब्यवहारमा अर्कै रुप देखाउने गरेको भन्दै उनले आक्रोश पोखे । तटबन्ध र च्यानलाईजको क्रममा १४ लाख रुपैयाँभन्दा बढी रकम खर्च भएको र हालसम्म एक रुपैयाँ निकासा नभएको उनको भनाई छ । ‘विपतको बेला भएको कामको त रकम दिन यस्तो गरिन्छ’ उनले भने–‘ जनतालाई ललिपप देखाएर कहिलेसम्म झुक्याउनु हुन्छ ।’ तीनै तहका सरकारका प्रतिनिधिबाट जनताको हितमा काम नहुने निष्कर्षमा पुगेको उनले बताए । विपतका नाममा छुट्टिएको रकमले होमपाईप खरिद गर्ने तर, करोडौंको क्षति रोक्न भएको कामको रकम निकास नगर्ने ? उनले प्रश्न गरे । ‘जनताको खुनपसिनाबाट आएको एक रुपैयाँ भष्ट्रचार गर्दिन अनि कति बचाए भन्ने गरिन्छ’ उनले आक्रोश पोख्दै भने–‘कहाँ जनताको हितमा काम भयो ?’
    त्यस्तै, स्थानीय इन्द्र लामाले पनि तीन सरकारका प्रतिनिधि निकम्बा बनेको बताए । जनताको हित भन्दा पनि आफ्नै हितमात्र सम्झिने जनप्रतिनिधिहरुको हालिमुहाली रहेको उनको भनाई छ । उनले सरकारले तटबन्धको रकम निकासा नगरेपछि बाध्य भएर देशविदेशमा रहेका नेपालीहरुलाई सहयोगको अपिल गरेको बताए । सोमबार भएको भेलाले स्थानीय युवा समाजसेबी नारायण बस्नेतको संयोजकमा आर्थिक समिति गठन गरिएको छ । संयोजक बस्नेतले जनताबाट उठेको रकम कतै हिनामिना हुन नदिने र तटबन्धमा लागेको खर्च ब्यवस्थापन गर्ने जनाए ।

    https://www.youtube.com/watch?v=c-T_aVERV10

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…