काठमाडौं । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आगलागी भएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगंज भित्र रहेको ट्रान्सप्लान्ट सेन्टरको छेठौं तल्लामा आगलागी भएको हो ।
सो तलामा अस्पताल प्रसाशन कार्यलय रहेको थियो ।
आगलागीसँगै अस्पतालमा दमकलले आगो निभाउने काम गरिरहेको छ । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन भएको छ ।
आगालागीमा मानविय क्षति भएको छैन। छैठौं तलमा कुनै पनि बिरामी नरहेको अस्पताल प्रसाशनले जनाएको छ । विरामीलाई कुनै समस्या नपरेपनि आगो नियन्त्रणमा लिने काम भइरहेको छ ।
विद्युतिय सट सर्किट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।