नेपाली एकता समाजले यहाँको एक बिधालयमा अध्ययनरत ५० जना बिधार्थीहरुलाई स्कुलको ड्रेस (कपडा) वितरण गरेको छ ।
बिधालय परिसरमा समाजले सोमबार एक कार्यक्रम गरि रतुवामाई नगरपालिका वडा नं. ८ को पाथिभरा आधारभुत विधालयमा अध्ययनरत ५० जना बिधार्थीहरुलाई स्कुलको ड्रेस (कपडा) वितरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि रतुवामाई वडा नंं. ८ का वडाध्यक्ष नन्दकुमार चापागाईले बिधार्थीहरुलाई स्कुलको ड्रेस (कपडा) बितरण गर्नु भएको थियो । बिधालयका प्रअ अरुण चौधरीले सञ्चालन गर्नु भएको कार्यक्रममा भुपु शिक्षक देवेन्द्र पौडेल,समाजसेवी दामोदर सिग्देल,नेपाली एकता समाजका उपाध्यक्ष ईन्द्र बर्देवा लगायतले मन्तव्य राख्नु भएको थियो ।
बिदेशमा बसेर रोजगार गरिरहनु भएका नेपाली दाजुभाई दिदीबहिनीहरुबाट करिब ३५ हजार रकम संकलन गरी कपडा बितरण गरिएको हो । बि.स.२०७५ सालमा स्थापना भएको सो संस्थाले बिशेष गरी शिक्षालाई नै पहिलो प्राथमिकता दिइ नेपालका बिभिन्न बिधालयमा अध्ययनरत बिधार्थीको नाजुक अवस्थालाई हेरेर सहयोग गर्ने लक्ष्य रहेको समितिले जनाएको छ ।