•  

    चाहना, संघर्षता र सफलता एकअर्कासँग जोडिएका शब्दहरु हुन् । व्यक्तिले चाहना गर्नुपर्छ लगभग लगभग पुग्छ । तर त्यहाँ बीचमा संघर्षको कमि भने किमार्थ हुनु हुन्न । देख्नेका मात्र सपना पुरा हुन्छन् भन्छन् नि, सायद त्यस्तै होला । हुन पनि, सपनै नदेख्ने हो भने कसरी पुरा होस् । यतिबेला हामी मोरङ उर्लाबारीका निश्चल नेपालको प्रशंग जोड्दैछौं । जसको सानैदेखिको सपना नेपाली कला, संगीत र संस्कृतिसँग जोडिएको थियो ।

    वि.सं. २०४० मा निश्चलको जन्म हुँदैगर्दा बाबुआमाको सपना छोरा भविष्यमा परिचित पात्र बनोस् भन्ने थियो । मोरङको इटहरा, सामान्य गाउँले वातावरण, जहाँ निश्चलले आफ्नो अमूल्य वाल्यकाल विताएका थिए । अध्ययनको क्रममा उनी मोरङकै उर्लाबारी पुगे । स्थानीय पशुपति अंग्रेजी माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका निश्चिलले बि.एस.सी, एम.बी.एस सम्मको अध्ययन सके । यतिबेला उनी क्यानेडामा बस्छन् । तर विदेशी भूमिमा रहँदा पनि उनले नेपाली कला, संगीत, संस्कृति र अभिनयको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याइरहेका छन् ।

    भविष्यमा ठूलो कलाकार बन्ने, निश्चिलको सानैदेखिको सपना थियो । विद्यालय तह अध्ययनका क्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा गायन तथा अभिनयमा भाग लिन्थे र उत्कृष्ट प्रदर्शनी राख्थे । आफ्नो अभिनय क्षमता र गायन क्षमताकै कारण सबैको प्रशंसाको पात्र बन्न सफल भएका निश्चलको अधिकांश समय गीत गुन्गुनाउँदै वित्थ्यो । साथीहरुसँग खेल्ने समयलाई थोरै कटौती गरेर उनी चोकको फलैंचामा गीत गाउन पुग्थे, जहाँ उनको प्रतिक्षामा ठूलो समुह बसिरहेको हुन्थ्यो । उमेर बढ्दै जाँदा निश्चल अभिनय क्षेत्रमा सकृय हुन थाले । विशेषगरी गाउँघरमा चल्ने सडक नाटकहरुमा मुख्य कलाकारको भूमिकामा देखिन थाले ।

    स्कुल तथा कलेज अध्ययनका क्रममा त्यस आसपास हुने अधिकांश सांस्कृतिक कार्यक्रमहरुमा सहभागिता जनाउनु र पुरस्कार प्राप्त गर्नु उनकालागि सामन्य बनिसकेको थियो । परिवारका अन्य सदस्यहरु पनि अभिनयको क्षेत्रमा हुनुले निश्चिलको चाहनाहरु सहज ढंगले पुरा हुन्थे । ‘चितामा जन्मेको छोरो’, ‘कात्रो ओढेका मलामीहरु’, ‘तिरस्कार’ लगायत दर्जन बढी नाटकहरुमा मुख्य र महत्वपूर्ण भूमिकामा अभिनय गरेका उनी विदेशी भूमिमा पनि त्यसलाई निरन्तरता दिँदैछन् ।

    यतिबेला उनी बिगत ६ वर्षदेखि क्यानेडा छन् । तर विदेशी भूमिमा रहेर पनि निश्चिलले आफ्नो कला, संस्कृति, रीतिरीवाज तथा परम्परालाई भने भुलेका छैनन् । नत उनले आफू भित्र भएको प्रतिभालाई नै भुल्न सके । लाखौंको भीडमा निश्चल यतिबेला स्थापित कलाकार बन्न पुगेका छन् । क्यानेडाको एडमन्टनमा रहेको ‘नेपलिज क्यानेडियन सोसाईटी अफ एडमन्टन’ले आयोजना गर्ने अधिकांश कार्यक्रममा निश्चलको गायन तथा अभिनय देख्न पाइन्छ । विदेशी भूमिमा बसेर पनि नेपालको कला तथा संस्कृतिको प्रचारप्रसार गर्नमा उनी तल्लिन देखिन्छन् ।

    क्यानेडा बसाईको क्रममा दर्जन बढी नाटकहरुमा उनले मुख्य भूमिकामा काम गरेका छन् भने आफ्नै लेखन तथा निर्देशनमा तीनओटा नेपाली नाटकहरु मञ्चन गरिसकेका छन् । बैदेशिक रोजगारीको विषयमा आधारित पहिलो नाटक ‘जीत हो जिन्दगी’, ‘दयालु बुढा’, ‘डाईरेक्टर राते काइलो’ मञ्चन भइसकेका छन् ।


    फुर्सदको समयमा किताब पढ्न रुचाउने निश्चल आगामी दिनहरुमा म्यूजिक भिडियो तथा साना चलचित्र बनाउने तयारीमा रहेका छन् । बहुप्रतिभाका धनी निश्चल नाटक लेखन निर्देशन मात्र नभएर अल्बर्टा क्यानेडाको नेपाली समुदायमा चिनिएका उदयमान गायक हुन् । ‘चाँडै नै एल्वमको तयारी गरिरहेको छु ।’ उनी भन्छन्, ‘परम्परागत नेपाली भाकायुक्त एल्वम चाँडै बजारमा ल्याउने तयारी गर्दैछु । अपेक्षा छ दर्शक श्रोताहरुले माया गर्नुहुनेछ ।’

    शरीरको विशेष ख्याल राख्ने निश्चल दैनिक फिटनेश जान्छन् । शारीरिक तन्दुरुस्तिका साथै आगामी दिनहरुमा बिभिन्न म्यूजिक भिडियो तथा चलचित्रहरुमा अभिनय गर्ने योजनाका कारण पनि शरीर बनाउने अभ्यासमा केही समय बिताउने गरेको उनी बताउँछन् ।

    https://www.youtube.com/watch?v=zjM8jzswgPk&feature=youtu.be&fbclid=IwAR0yBseTDPIXdmdh-ew1YvTwv7dMuwlLQ8jNTw41bdHiKHY0UgGICwmptOU

    श्रीखबरबाट साभार

    अर्को समाचार

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…