• काठमाडौं, २८ साउन । नेपाल राष्ट्र बैंकले घरजग्गा क्षेत्रमा कडाई गरेपनि लुम्बिनी बिकास बैंकले भने घरजग्गा क्षेत्रमा उच्चरुपमा कर्जा प्रवाह गरेको छ । राष्ट्र बैंकको ऐन नियमको बेवास्ता गर्दै लुुम्बिनीले घरजग्गा क्षेत्रमा झण्डै दुुई अर्ब रुपैयाँको हाराहारीमा कर्जा प्रवाह गरेको छ भने बढी नाफा देखाउनको निक्षेप तथा कर्जा बिचको व्याजदर अन्तर (स्प्रेड दर) समेत बढाएको छ ।

    बैंकले आर्थिक बर्ष २०७५—०७६ मा ५८ करोड ९७ लाख एक हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा बैंकको यस्तो नाफा २९ करोड ९६ लाख ७९ हजार रुपैयाँ रहेको थियो । यसरी अघिल्लो आवको तुुलनामा गत आवमा नाफा बढ्नुुको पछाडि उच्च स्प्रेड दर नै प्रमुुख कारण रहेको छ ।

    हाल चुुक्ता पुंजी दुुई अर्ब २० करोड ९७ लाख ६६ हजार रुपैयाँ रहेको बैंकले गत आवमा २४ अर्ब ८० करोड ६२ लाख ३३ हजार रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब ७६ करोड ९८ लाख ६४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

    सो अवधिमा घरजग्गा क्षेत्रमा एक अर्ब ८६ करोड ३२ लाख ८१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले एक अर्ब नौ करोड ४७ लाख ७३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । सो अवधिमा बैंकमा एक दसमलव ५७ प्रतिसत कर्जा निष्क्रिय रहेको छ भने निक्षेप तथा कर्जा बिचको व्याजदर अन्तर (स्प्रेड दर) चार दसमलव ७९ प्रतिसत रहेको छ ।

    अघिल्लो आवमा बैंकले २२ अर्ब १८ करोड २५ लाख ५३ हजार रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब ३८ करोड ६१ लाख ३१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा घरजग्गा क्षेत्रमा एक अर्ब ९५ करोड ९४ लाख ६८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैंकमा तीन दसमलव ३४ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दसमलव १९ प्रतिसत रहेको थियो ।

    अघिल्लो समाचार

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…