मलाइ जे जस्तो भएपनी मेरो देश प्यारो, मात्री भूमि प्यारो लाग्छ! तर विडम्बना मेरो देशलाइ नेतृत्व गर्ने भ्रष्ट राजनीतिले गर्दा आज देशको अर्थतन्त्र धरापमा परेको छ!
२००७ हुँदै २०४६ र ६२/६३ को जनआन्दोलनले आमूल परिवर्तन ल्याएकै त्यसमा दुईमत छैन। हिजो चप्पल लगाउने नेताहरुको जीवन शैली विलासी जीवन बाचिरहेका छन् ,हिजो चुहिने छानोको घरमा बस्ने र टालेको सुरुवाल लाउने नेताहरु आज काठमाडौ भ्याली भित्रै आलिसान महलमा बस्छन। हिजो गाउँ को सरकारी स्कुलमा पढ्ने छोराछोरी हरुलाइ आज बेलायत, अमेरका पढाउन सफल भएका छन् अझै धेरै छन् लेख्ने हो भने, तर लेखी साध्य छैन, !
हिजो ती गरीब दलित, निमुखा सोझा जन्ताहरुको घरमा साथमै बसेर कोदाको ढिडो खाएर उनिहरु संग गरेको बाचा र अठोट यति छिटै कसरी बिर्सिन सकेका हुन् ? प्रचण्ड कमरेड को त्यो बोली आजै जस्तो लाग्छ! गणतन्त्र आएपछि रोल्पा लाई नमुना रोल्पा बनाइने छ, रोल्पालाई इतिहासमा पहिलो स्थानमा नाम लेखिने छ भनेर रोल्पाली जन्तालाइ भनेकै हुन।
यसो भन्दै गर्दा रोल्पा परिवर्तन भएकै छ त ? भन्ने प्रश्न आउन सक्छ,! हाल कायम परिवर्तन त कम्युनिस्ट सरकार नभएको भएपनी हुन्थ्यो! अब कसरी हुन्थ्यो भन्नू होला ? सोसल मिडिया अर्थात ग्लोबल युगमा प्रवेश गरेका छौ! संसारलाई हामिले आफ्नै हत्केलामा हेर्ने युगमा छौ! त्यसैले यहाँ सम्मको बिकाश जन्ताको निमित्त केही पनि होइन!
रहयो कुरा बाटोको ती दुर्गम गाउँ बस्तिहरुमा यति बिजोक छ, बिकाशको नाममा बिनाश भएको छ! ठाउँ - ठाउँमा जन्ताहरु यति पीडित छन् भनेर साध्य छैन! माथी गाउँ छ, मुनिबाट डोजर लगाएर रोड निर्माण हुदैछ! पानी पर्छ त्यसपछि आधा गाउँ नै पहिरोको चपेटामा पर्छ, रुख बिरुवाहरु सबै बाटोमा आउँछ अनि यसलाइ बिकाश भन्ने कि बिनाश ?
गाउँ रह्यो भने त्यो बिकाश को सदुपयोग गर्ने हो, गाउँ नै रहेन भने त्यो बिकाशको के अर्थ? यो पीडा कस्ले बुझ्ने ? हिजो गाउँ देखि चप्पल लगाएर गाउँ को लागि केही गर्छु भनेर शहर पसेका नेताहरु मार्सी चामलको भात खाएर गाउँ को आटो र ढिडो खाको कुरो कहाँ याद हुन्थ्यो र ? उफ्फ्फ्फ्फ हिजो कुनै दिन मेरो देशले अनुदान दिएको केहि देशहरु आज कहाँ बाट कहाँ पुगिसक्यो, मेरो देश जहाँको त्यही छ !
त्यो पनि प्रत्येक ब्यक्तिको कांधले ४०,००० हजार ॠणको भारी बोकेको छ! यसैलाइ भन्ने हो हामिले गणतन्त्र ? के यसैको लागि हामिले एउटा राजा फ्यालेर हजारौं राजा जन्माएका हौ त ?
हिजो राजा बिमार हुदा स्वदेशमै उपचार गराउथे , तर आजका राजा केपि ओलि आफ्नो उपचार गराउन singgapur जान्छन प्रचण्ड कमरेड singgapur जानू हुन्छ! के यहि हो परिवर्तन ? तपाईं जन्ताको नेता हो पनि भन्नू हुन्छ! तर जन्ताले उपचार गराउन अस्पतालमा तपाईंको उपचार गर्न नहुने किन ?
यहाँ बाट प्रष्ट हुन्छ, कि तपाईं हरुले नेपाली डा: हरुलाई एजुकेसन को आधारमा न भै, power र पैसाको आधारमा सर्टिफिकेट दिनु भएको रहेछ ! हिजो के पि ओलिलाई singgapur उपचार गरेर फर्किदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वागत गर्न उपस्थित भएका नेता कार्यकर्ता मत्रीहरु देख्दा मलाइ लाग्यो हिजो यस्ता स्वागत संस्कार त पंचायत कालमा राजा लाई गरिन्थ्यो ! तर आज गन्तव्यमा पनि यस्तो हुन्छ भने गणतन्त्र र राजतन्त्र मा फरक के रहयो ?
एक जना मन्त्रीको ५० जना सुरुक्षा गार्ड! सामान्य पनि १०/१५ जना हुनेरहेछ ! धेरै टाढा पनि नजाउ मलेसिया कै हेरौ न प्रधानमन्त्री डा: माथिर ९३ बर्षको उमेर मा आफ्नो गाडी आफै चलाएर अन्य देश बाट आएका पाहुनाहरुलाइ आफै ड्राइभिङ गरेर भजिट गराउछन् ! मान्छेमा इच्छा शक्ति र हिम्मत हुनुपर्छ असम्भव भन्य कुरै छैन त्यो उदाहरण को पात्र डा: माथिर हुन् !
गाउँ गाउँमा सिंहदरवार भनेर हामिलाइ ढाट्ने कार्य भयो किनकी गाउँमा सिंहदरवार जनतालाइ होइन नेता र नेताका आसेपासे नातागोताहरुलाइ आएको रहेछ!
नारामा र कुरामा परिवर्तन गर्न नेपाली धेरै सिपालु छन भन्य ख्याल ख्यालैको अन्तर्राष्ट्रिय भनाइ आजभोली तितो रुपले सत्य देखिय जस्तै भएको छ! नारा र कुरा परिवर्तन भयको यत्ती हो हिजो राजतन्त्र र आज गणतन्त्रमा ! त्यसैले यो गणतन्त्र मलाइ मन नपरेको गणतन्त्र हो!
लेखक-सामाजिक अभियान्ता,दिपक संघर्ष(पुर्ब माओबादी)