टेलिभिजन पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भिडियो प्राप्त भएको छ । भिडियोमा उनले आफना आमाबुवा र श्रीमतीलाई अन्तिम सन्देश दिंदै माफी मागेका छन् ।
उक्त भिडियोमा आफूलाई आत्महत्याका लागि न्युज ट्वान्टीफोका युवराज कँडेल, रवि लामिछाने र एक युवतीले बाध्य बनाएको खुलाइएको छ । यस्तै, पत्रकार रवि लामिछानेले ठूला व्यापारी, बालुवाका ठेकेदारसँग के कसरी पैसा लिन्छन् भन्नेबारे समेत भिडियोमा उल्लेख छ ।
यो सबै विषय आफूलाई थाहा भएकाले लामिछानेले पटक–पटक मानसिक तथा शारीरिक यातना दिने गरेको पुडासैनीले बताएका छन् । लामिछानेको यातना सहन नसकेर आफू आत्महत्या गर्न बाध्य भएको आरोप लगाएका छन ।