• काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थितिको बारेमा गरिएको ढाकछोप उदाङ्गो भएको छ।

    नौ दिनसम्म सिंगापुरमा उपचारमा रहँदा प्रधानमन्त्री ओलीको स्वास्थ्यको औपचारिक जानकारी समेत नदिएर देशलाई गुमराहमा राखिएपनि उनको स्वास्थ्य स्थिति धेरै लामो समयसम्म लुक्न सकेन ।

    ओलीको स्वास्थ्यमा सुधार नदेखिएपछि फेरि उपचारका लागि सिंगापुर लैजाने तयारी भएपछि उनको गम्भिर स्थितिको जानकारी बाहिर आएको हो।

    मृगौलाले काम गर्ने क्रम घट्दै गएपछि उनलाई फेरि सिंगापुर लैजाने तयारी भएको छ। मिर्गौलामा क्रेटिनिमको मात्रा बढ्दै गएको उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिएका हुन्I

    साउन १८ गते सिंगापुरतर्फ प्रस्थान गरेका प्रधानमन्त्री ओली ९ दिनको सिंगापुर बसाइपछि सोमबार फर्कदा फर्कदै आफ्नो स्वास्थ्य अवस्थाबारे केहि दिनमा थाहा पाउने बताएका थिए। तर केेहि दिनमा उनको स्वास्थ्य अवस्था बिग्रिएको रूपमा बाहिर जानकारी आएको छ।

    ओलीको सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटल मा स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणपछि नेपाल फर्केका उनलाई समस्या बढ्दै गएको चिकित्सकहरुले बाएका छन् ।

    उपचारमा संलग्नमध्येका डा अरुण सायमीले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर नभएपछि पुन सिंगापुर जाने कार्यक्रम तय भएको जानकारी दिएका हुन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…