काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफु स्वस्थ रहेको बताएका छन् । झापाका जनप्रतिनिधि तथा पार्टी कार्यकर्ताहरुसँग आज विहान बालुवाटारमा कुरा गर्दै उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले ज्वरो आएर आराम गर्दा बाहिर अनावश्यक रुपमा चर्चा चलेको गुनासो गरेका हुन । सिंगापुरमा परिक्षणका क्रममा डाक्टरले सबै अंग ठिक छ र अब २०-२५ वर्ष केही हुँदैन भन्ने जानकारी गराएको पनि ओलीले सो क्रममा बताए ।
भेटमा झापा क्षेत्र नम्बर पाँचका बासिन्दाले औद्योगिक पार्क निर्माण गर्ने परियोजना लगानी बोर्डले स्वीकृत गरेकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका थिए ।