• पाँचथर- पाँचथरमा एक व्यत्तिले श्रीमती र सासुलाई खुकुरी प्रहार गरी घाइते बनाएका छन् । जिल्लाको कुम्मायक गाउँपालिका –१, पेन धारा स्थित श्रीमती लैजान ससुराली आएका ज्याईले खुकुरी प्रहार गरेका प्रहरीले जनाएको छ । झापा स्थित दमक नगरपालिका–२, का जिवन दर्नाले श्रीमती सिता दमाई र सासु भिमकला दमाईलाई खुकुरी पप्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक अनिलकुमार पौडेलका अनुसार दर्नाल केहि दिन अघि श्रीमती लैजान सासुराली आएका थिए । श्रीमती घर जान नमाने पछि खुकुरी प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको पौडेलको भनाई छ ।

    खुकुरी प्रहारबाट भिमकलाको बायाँ हात र बायाँ गालामा चोट लागेको छ । सिताको बायाँ हातमा गम्भिर चोट लागेको पौडेलले जानकारी दिए । सिताको अवस्था गम्भिर हरेको उनको भनाई छ ।

    घाईते दुबै जनाको जिल्ला अस्पतालमा पाँचथरमा उपचार हुन नसकेपछि झापा रेफर गरीएको पौडेलले जानकारी दिए । खुकुरी प्रहार गरी शक्त घाईते बनाएर दर्नाल फरार भएको पौडेलले बताए । दर्नानको खोजिकार्य भइरहेको उनले जानकारी दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…