• साउन ३२, काठमाडौँ । संविधानसभाबाट संविधान जारी हुनअघि र पछि तराई मधेसमा भएका हिंसात्मक आन्दोलनको सत्यतथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगले क्षेत्राधिकार नाघेर प्रतिवेदनमा ‘राजदरबार हत्याकाण्ड’ लगायत विषय समेटेको छ ।

    तत्कालीन राजपरिवारको हत्या कसले गर्यो भन्ने विषय विवादित रहेकै अवस्थामा आयोगको प्रतिवदेनमा ‘युवराज दीपेन्द्रले अरुको हत्या गरेर आफूले आत्महत्या गरेको’ उल्लेख छ ।

    इतिहासदेखिका घटनाको प्रसंग जोड्दै प्रतिवदेनमा विवादित विषयलाई ‘किटानी’ साथ उल्लेख गरिएको छ । ०५८ साल जेठ १९ गते राति राजा वीरेन्द्र र उनको वंशविनास हुने गरी हत्याकाण्ड भएको थियो ।

    सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित जाँचबुझ आयोगलाई ‘तराई–मधेस र थरुहट आन्दोलनको विषयमा प्रतिवेदन पेश गर्न’ कार्यदेश दिइएको थियो ।

    यो कार्यदेशभित्रका विषयमा पनि उसले सरकारमाथि दर्जनौँ प्रश्न उठाउँदै आन्दोलनमा गैरन्यायिक हत्या गरिएको आरोप लगाएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…