• देबु बानियाँ
    बाहुण्डाँगी । नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनका लागि यहि भदौ ३ गते मंगलवारसम्म रजिष्ट्रेशन गर्ने सबै सहभागिलाई एसी सहितको सुविधासम्पन्न होटलमा राख्ने तयारी गरिएको छ ।
    आतिथ्यता शाखा बस्तीपुरले यहि भदौ ६ र ७ गते सम्पन्न गर्न लागेको एरिया ‘बि’ को क्षेत्रीय सम्मेलनमा सहभागि हुने सहभागिको सुविधालाई मध्यनजर गर्दै भदौ ३ गतेसम्म रजिष्ट्रेशन भएमा सोही अनुरुपको सुविधा सम्पन्न एसि रुम भएको होटलमा राख्ने तयारी गरिएको र सोही अनुसार होटलको व्यवस्था गरिएको सम्मेलन निर्देशक गणेश भेटवालले बताउनु भयो । ‘तपाईहरुको बसाईमा सहज होस भन्ने उदेश्यले हामीले हेटौडाँमा रहेका सबै एसी वाला होटललाई बुक गरेका छौँ’ वस्तीपुर जेसीजका संस्थापक अध्यक्ष समेत रहनु भएका निर्देशक भेटवालले भन्नु भयो–‘तर सहभागीले कम्तिमा सम्मेलन अघि नै रजिष्ट्रेशन गरेर सहयोग गरिदिनु पर्यो । जसले गर्दा हामीलाई सम्मेलन व्यवस्थापन गर्न सहज हुनेछ ।’
    पहिले नै रजिष्ट्रेशन गरेमा आतिथ्यता शाखालाई व्यवस्थापन गर्न सहज हुने र सहभागिलाई समेत बस्नमा कुनै समस्या नहुने हुनाले नेपाल जेसीजले केही वर्ष यता प्रि रजिष्ट्रेशनलाई प्राथमिकता दिएको छ । क्षेत्र ख मा रहेका ३२ वटा शाखाका करिब ७ सयको सहभागिता रहने सम्मेलनको सबै तयारी पुरा भएको छ । सम्मेलन सुरु हुन ६ दिन बाँकी छ ।
    अहिलेसम्म रत्ननगर जेसीज १५ जना, व्यासनगर जेसीज १० जना, गितानगर जेसीज ९ जना , पर्वत जेसीज ८ जना, सारदानगर जेसीज १ जना, सौराह लेडी ८ जना, विरगञ्ज जेसीज ११ जना, गोर्खा जेसीज ९ जना, लमजुङ जेसीज ४ जना, म्याग्दी जेसीज ७ जना, नारायणगढ लेडी जेसीज ५ जना, पर्सा खैरेनी जेसीज १२ जना, पोखरा जेसीज १५ जना, पोखरा लेडी जेसीज ८ जना, शुक्लागण्डगी जेसीज ५ जना, भीरकोट जेसीज १० जना गरी जम्मा १ सय ३८ जनाको रजिष्ट्रेशन गरिएको आतिथ्यता शाखाका अध्यक्ष सुनिल अधिकारीले बताउनु भयो ।
    अध्यक्ष अधिकारीले सम्मेलनमा होटल व्यवस्थापन मुख्य समस्या हुने भएकाले पहिले नै रजिष्ट्रेशन भएमा सबैलाई सहज रुपमा बस्ने व्यवस्थापन गर्न सकिने र सम्मेलन व्यवस्थापनमा पनि सहज हुने भएकाले प्रि रजिष्ट्रेशन गर्नका लागि यस क्षेत्रका शाखाहरुलाई आग्रह गर्नु भयो । ‘यो सम्मेलन एरिया बि का सबै शाखाहरुको हो’ अध्यक्ष अधिकारीले भन्नु भयो –‘यसलाई तपाई हामीले नै सहज बनाउँदै उत्कृष्ट सम्मेलन बनाउनु पर्छ ।’
    यसअघि क्षेत्र ‘ख’ अध्यक्षहरुको भेला र नोमलोम लिडर्स एकेडेमीको आतिथ्यता गरिसकेको बस्तीपुरले क्षेत्र ‘ख’ सम्मेलनलाई सभ्य र भव्य बनाउने गरी तयारी गरिरहेको छ ।
    यस क्षेत्रका लागि निरुपित कार्यकारीणी उपाध्यक्षमा रमेशचन्द्र भुषाल र निरुपित उपाध्यक्ष कृष्णप्रसाद अर्याल (केपी) ले स्थलगत अनुगमन गरिसक्नु भएको छ । एरिया विका लागि सिनेटर कमल भण्डारी र गोकुल सापकोटा निरुपित उपाध्यक्ष हुनुहुन्छ । उहाँहरु पनि चाँडै यस क्षेत्रमा आउने कायक्रम रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…