रबि लामिछाने अहिले प्रहरी नियन्त्रणमा छन् । चितवन प्रहरीको नियन्त्रणमा रहका रबिलाई पत्रकार सालिकराम पौडेलमाथी आत्महत्या गर्न बाध्य पारेको भिडियो बाहिरिएपछि अनुसन्धानको लागी नियन्त्रणमा लिएको हो ।
रबिका सर्मथकले चितवन अदालत र प्रहरीचौकी अगाडी नै प्रदर्शन गरेक छन् । सधै रबिको बारमो वकालत गर्दै आएका प्रखर बक्ता रमेश प्रसाई समते जुलुसमा सहभागी भए । उनले बरु आफूलाई जेल वा हिरासतमा राख्न तर रबिलाई छाड्न भन्दै आक्रोश पोखेका छन् । यता पोखरामा पनि रबि लामिछाने समर्थकहरुले चिप्लेढुंगामा नाराजुलुस गरेका छन् ।
रबि लामिछाने जिन्दाबाद, रबि कस्को जनताको, जनता कस्को रविको भन्दै नारा जुलुस गरे । उनीहरुले रबिलाई बिनासर्त छोड्नुपर्ने र मृतक सालिकरामले न्याय पाउनुपर्ने धारणा राखे । हेरौं यो भिडियो ।
https://www.youtube.com/watch?v=TxukQ_YuoLw