काडमाठौं । चर्चित पत्रकार रबि लामिछाने पक्राउ परेसगैं यसको समाजिक सन्जाल तथा देशभर नै अनेकौ टिकाटिप्पडी सुरु भएको छ ।
चिया गफ,सामाजिक सन्जाल जता जतै यहि बिषयले प्राथामिकता पाएको छ ।
कति रबि लामिछाने निर्दोस छन फसाईको हो भनिरहेका छन् भने कतिपय रबिको बारेमा खुलेर बिरोधमा उत्रिएका छन् । हरेक दिन जसो सामाजिक सन्जाल यहि बिषयमा नया नया खुलासाहरु भइरहेको छ । जसले अचम्मित बनाउने गरेका छन् । रबि दोसी छन् यहा छैनन्, तर अनुसन्धान आवश्यक छ भनेर सचेत बर्गले भनिरहदा रबिको रिहाईको माग गर्दै हिंर्सक आन्दोलन चक्काजाम झडप समेत सुरु हुन थालिसकेको छ । रबि लामिछानेले आफै अनुसन्धानमा सहयोग पुरियाउने बताउदैं गर्दा यो आन्दोलन शान्तिपुर्ण नहुने हो भने तेस्रो पक्षले यसको फाईदा उठाउदैं अपराधि किनारा लाग्ने जस्तो देखिन्छ ।
सालिकराम पुणासैनिले रबि लामिछाने लगायतले आफुलाई आत्महत्या गर्न बाध्य बनाइएको भन्दै मनुअघि भिडियो सार्वजनिक गरेका थिए । कतिपयले यो भिडियो सुनियोजित तरिकाले बनाइएको भनिरहेका छन् भने , कतियले सत्य यहि हो भनिरहेका छन् । रबिको कारण हत्या भएको भरिहदा रडले हानेर १५ १६ जनाले कुटेको र चोटपकट देखिएको प्रहरीले मुचुल्का तयार पार्दाको भिडियो लिक भएको छ । भिडियोमा एक जनाले भनेका छन्, बाहिर मारेर ल्याएर झुण्डियाइएको हो । हाटेलको कर्मचारीसग मिलेमतो हुन सक्छ ।
त्यसो त सालिकराम भुईमा टेकेर मरेको तस्बिर सार्वजनिक भएको छ । खैर जे होस बास्तबिकता बाहिर आउन जरुरी छ ।
पत्रकार शालिकराम पुडाशैनीको मृत्यु पश्चात चर्चित सञ्चारकर्मी रवि लामिछाने पक्राउपछि चर्को घाम अनि गर्मीका बाबजुद लामिछानेका समर्थकहरु सडकमा उत्रिरहेका छन् ।
प्रर्दशनकारीहरुको संख्या बढि छ । घाम र गर्मीको प्रवाह नगरी प्रर्दशनकारीहरु विहानैदेखी जिल्ला प्रहरी कार्यालय चितवनको गेट अगाडी प्रर्दशनमा उत्रिएका हुन् । निर्दोष व्यक्तिलाई फसाउन खोजिएको भन्दै सञ्चारकर्मी लामिछानेका समर्थकहरु आन्दोलित बनेका हुन् । प्रर्दशनकारीहरुको पछिल्लो नारा केपी चोर देश छोड, केपी प्रचण्ड मुर्दावाद, चितवनका एसपीलाई पक्राउ गर, एसपी मल्ल मुर्दावाद, हाम्रो रवि हाम्रो देश प्राण भन्दा प्यारो भन्ने भएकाे छ ।
प्रर्दशनकारीहरु छाता ओढेरै आन्दोलनमा सहभागी छन् । पत्रकार शालिकराम पुडाशैनीले आत्महत्या गर्नु अघि रेकर्ड गरिएको भिडियोमा संचारकर्मीहरु रवि लामिछाने, युवराज कडेंल र अर्की एक महिला अस्मिता कार्कीकै कारण आत्महत्या गर्नु परेको बताएका थिए ।
त्यसपछि प्रहरीले उनीहरुलाई काठमाडौबाट पक्राउ गरि अनुसन्धान गरिरहेको छ । जिल्ला अदालत चितवनले शुक्रवार ५ दिनको म्याद थप गर्दै अनुसन्धान गर्न आदेश दिएको थियो ।
https://www.facebook.com/1534564696851045/videos/2339048409668077/