भाद्र १, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब चिहानमा गएर हड्डी फुकेर त्यो संस्था फर्काउँछु भन्ने खालका परिकल्पना गर्नु बेमौसमको बाजा बजाए जस्तै हुने बताएका छन् ।
उनले आइतबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।
उनले भने,‘ यो सरकारले ठूल्ठूला चुनौतिको सामना गरिसकेको छ। जुन शक्ति, संस्था र निकायका कुरा गर्ने गर्छन् मानिसहरु ती शक्तिहरु जिउँदै हुँदा तिनलाई हामीले ठेगान लगाएका हौँ अहिले चिहानमा गएर हड्डी फुकेर त्यो संस्था फर्काउँछु भन्ने खालका परिकल्पना गरेको देखिन्छ । यो बेमौसमको बाजा नबजाए हुन्छ।’
आज प्रतिनिधिसभामा उनले प्रतिगामी तत्वहरुका संस्थालाई जिउँदै छँदा ठेगान लगाएको भन्दै यस्तो टिप्पणी गरेका हुन् ।
साथै उनले आफूलाई पदमा बसिरहन मन नभएको र अर्को निर्वाचन सम्म साथीहरुलाई धैर्य गर्न आग्रह समेत गरेका छन् । उनले भने ‘अर्को निर्वाचनपछि मलाई पनि पदमा बसिरहन मन छैन, साथिहरुलाई अर्को निर्वाचनसम्म धैर्य गर्न आग्रह छ।