• चितवन : पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको छानविन गर्न उनका परिवारले रवि लामिछानेविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् ।
    पुडासैनीका श्रीमती सम्झना पुडासैनीले महानगरीय प्रहरी परिसर काठमाण्डौ मार्फत आइतबार किटानी दिएको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए। सम्झना आफैँले सञ्चारकर्मी लामिछाने सहित अन्य आरोपी युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध पनि किटानी दिएकी हुन्।

    जाहेरी काठमाडौंमार्फत चितवन आउने मल्लले बताए। पुडासैनीले मृत्यु हुनुभन्दा अघि रेकर्ड गरेको भनिएको भिडियो सामाग्रीमा आरोप लगाएपछि रविसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो।
    जिल्ला अदालत चितवनबाट म्याद थप गरेर उनीहरूमाथि अनुसन्धान गरिरहेको छ। गएको साउन २० गत्ते चितवनको भरतपुर महानगरपालिका १ नारायणगढस्थित पोखरा बसपार्कमा रहेको होटल कंगारुमा पुडासैनी झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…