• झापा । वालमैत्री स्थानीय शासनका लागि भिरकोट नगरपालिकाका वडा कार्यालयहरु सक्रिय बन्दै गइरहेका छन् । भिरकोट नगरपालिका वडा नं ५ ले सोमवार बालमैत्री स्थानीय शासन अभिमुखिकरण तथा सामाजिक सुरक्षा भत्ता नविकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बालमैत्री नगरपालिका घोषणाका लागि वडा स्तरीय सरोकारवाला विच साझा धारणा बनाउने प्रयास गरिएको छ ।
    कार्यक्रममा वोल्दै भिरकोट नगरपालिका वडा नं ५ का वडा अध्यक्ष यामप्रसाद अधिकारी लक्ष्मणले बालमैत्री समाजका लागि सामुहिक पहलको खाँचो रहेको भन्दै सरोकारवाला सम्पूर्णलाई कार्यक्रमलाई सहयोग गर्न आग्रह गरेका थिए । बालवालिका भविश्यका कर्णधार हुन उनीहरुको संरक्षण राज्यको दायित्व भएकोले भिरकोट नगरपालिकाले नीतिगत निर्णय गरेर बालमैत्री नगरपालिका घोषणा गर्न लागिएको जानकारी समेत गराएका थिए ।

    कार्यक्रममा बास्कुुटी प्रगतिशिल टोल विकास समिती, राजेन्द्र भवानी टोल विकास समिती, राजेन्द्र भवानी माध्यमिक विद्यालय र शिर्जनशील टोल विकास समिती को सहभागिता रहेको थियो । वडा अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वाड सदस्य कृष्ण थापा, मिना खाँण, टोल समिती अध्यक्ष भिमप्रसाद पंगेनी, खुमवहादुर थापा, डम्मर अर्याल, विद्यालयका प्रअ गिरी प्रसाद शर्मा लगायतले मन्तव्य राखेका थिए । बालमैत्रीको वारेमा नारायण प्रसाद अर्यालले सहजीकरण गरेका थिए ।
    हिमदुत अनलाइनबाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…