• काठमाडौं  ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र उर्लावारी नगरपालिकाका मेयर खड्ग फागोबीच भेटवार्ता भएको छ  ।

    बिहान मन्त्रालयमा भएको उक्त भेटवार्तामा मन्त्री पण्डितले उर्लावारीलाई दमकल सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

    मेयर खड्ग फागोले अगालगीका कारण उर्लावारीमा वर्षेनी धेरै क्षति हुने गरेको र दमकल आवश्यक रहेको बताएपछि मन्त्री पण्डितले उक्त प्रतिबद्धता जनाएका हुन् । मन्त्री पण्डितले दातृ निकायसँग दमकल सहयोगका लागि माग गरिसकेको र आउने बित्तिकै उर्लावारीलाई प्राथमिकता राख्ने जनाएका हुन् ।

    करिब एक घन्टा लामो भएको उक्त भेटवार्तामा मन्त्री पण्डितले उर्लावारीको पछिल्लो घटनाक्रमबारे चासो देखाएका थिए । उनले जनप्रतिनिधिलाई काम गर्दा मुद्दा लाग्ने र यस्ता विषयमा कतै विचलित नभई जनताको काममा सधैँ खटिरहन मेयर फागोलाई सुझाव दिए ।

    भेटमा मेयर खड्ग फागोले उर्लावारीमा विकास बजेट तथा अन्य राष्ट्रियस्तरीय योजनाहरू उर्लावारीलाई दिन समेत आग्रह गरेका थिए । मन्त्री पण्डितले आफ्नो गृह जिल्लाको नगरपालिका पनि भएकाले उर्लावारीलाई सधैँ प्राथमिकतामा राख्ने र बजेट तथा योजनाहरू बढाईदिने प्रतिबद्धता जनाए ।

    यस्तै उनीहरूबीच करिब आधा घन्टा गोप्य भेटवार्ता पनि भएको छ । उक्त भेटवार्तामा उर्लावारीको समसामयिक विषयवस्तु र घटनाबारे मन्त्री पण्डितलाई जानकारी गराएको मेयर फागोले जानकारी दिए ।

    यस्तै मेयर फागोले उर्लावारीको दीर्घकालीन विकास तथा विकास गतिविधिहरूबारे पनि मन्त्री पण्डितलाई जानकारी गराउदै संघीय सरकारको तर्फबाट हुनसक्ने सहयोगको अपेक्षा गरेका थिए । उनीहरूबीच उर्लावारीको विकासमा संघीय सरकारको तर्फबाट हुन सक्ने सहयोगको विषउमा छलफल भएको थियो ।

    मन्त्री पण्डितले मेयर फागोलाई कहिल्यै पनि विचलित नहुन सुझाव दिए । उनले काम गर्दा मुद्दा लाग्ने,खुट्टा तान्ने प्रवृत्ति नेपालमा रहेको बताउदै सत्यको सधैँ जित हुने भन्दै मेयर फागोलाई बताए । मन्त्री पण्डितले उर्लावारीलाई सहयोग गर्न आफु जुनसुकै बेला सधैँ तयार रहेको बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…