• काठमाडौं । नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको पाँचौँ बैठक बुधबार काठमाडौंमा बस्दैछ । बैठकमा सहभागी हुन भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विदेशमन्त्री एस जयशंकर बुधबार आउँदै छन् ।

    परराष्ट्र मन्त्रालयका अनुसार अपराह्न आयोगको बैठक सुरु हुँदैछ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र समकक्षी जयशंकरले सहअध्यक्षता गर्ने आयोग बैठकमा नेपालका तर्फबाट ३५ जना सहभागी हुनेछन् ।

    के विषयमा हुँदैछ छलफल ?
    संयुक्त आयोगमा दुईपक्षीय सम्बन्धका सबै विषयलाई पाँच शीर्षक अन्तर्गत राखेर छलफल गर्ने कार्यसूची रहेको छ ।

    –राजनीतिक सुरक्षा र सीमा
    –आर्थिक सहयोग तथा पूर्वाधार
    –व्यापार तथा पारवहन
    –ऊर्जा तथा जलस्रोत र संस्कृति
    र, शिक्षा
    विषयमा छलफल हुँदैछ ।

    बैठकमा नेपालले प्रबुद्ध व्यक्ति समूह इपिजीको प्रतिवेदन बुझ्न भारतलाई आग्रह गर्ने नेपालको योजना छ ।

    त्यसैगरी सार्क राष्ट्रको अध्यक्षको नाताले नेपालले सार्क बैठकका लागि भारतलाई सक्रिय हुनसमेत आग्रह गर्नेछ । दुई दिने बैठकपछि बिहीबार संयुक्त वक्तव्य जारी हुनेछ ।

    बैठकमा एजेन्डा नभए पनि भारतले जम्मू–कश्मीरका विषयमा समेत नेपाललाई जानकारी गराउन सक्ने बुझिएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले सोमबार मात्रै पत्रकार सम्मेलन आयोजना गरी जम्मू–कश्मीरको विवाद भारत र पाकिस्तानको भएकाले दुई पक्षीय वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेका थिए ।

    धेरैजसो राष्ट्रहरुले यो आन्तरिक मालिला भएको प्रतिक्रिया दिइरहँदा नेपालले संवादमार्फत मिलाउन आग्रह गरेपछि भारतीय विदेशमन्त्री एस जयशंकरले यसबारे स्पष्ट पार्ने पनि बुझिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…