• काठमाडौं, ४ भदौ । सिंगापुरमा उपचार गरेर फर्किएपछि पनि प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा सुधार नभएको पाइएपछि नेकपाकै केही नेताहरुमा खुसियाली पैदा भएको दुःखद स्थिति देखापर्यो ।

    सिंगापुरमा प्रधानमन्त्री ओलीको स्वास्थ्य परिक्षणपछि चिकित्सकहरुले औषधि परिवर्तन गरिदिएका थिए । दिनमा तीन पटक सेवन गर्नुपर्ने औषधि हटाएर दुई पटक मात्र सेवन गर्ने औषधि दिँदै चिकित्सकहरुले ओलीलाई नयाँ औषधिका करण केही दिन असहजता पैदा हुने जानकारी गराएका थिए ।

    जानकारीअनुसार कम्तीमा दुई साता पूर्ण आराम गर्न पनि चिकित्सकले सुझाव दिएका थिए । तर, स्थिर र मौन रहनै नसक्ने स्वभाव चरित्रका केपी ओली काठमाडौं फर्किएलगत्तै नियमित काममा क्रियाशील हुन थाले ।

    परिणामस्वरुप उनमा असहजता पैदा भयो र त्यसैबीच गत साउन ३० गते बिहीबार केपीले प्रचण्डलाई निवास संस्थानमा बोलाएर पार्टी एकतालाई चाँडो टुंग्याउनुपर्ने बताउँदै आफ्नो स्वास्थ्य ठीक नरहेको जानकारी गराएका थिए ।

    त्यस क्रममा केपीले आफ्नो स्वास्थयस्थिति राम्रो नरहेको र पार्टीलाई एकताबद्ध बनाएर लैजान आफू सधैं सकारात्मक एवम् सहयोगी रहने भनाई प्रचण्डसमक्ष राखेका थिए ।

    एकीकरणलाई अन्तिम रुप दिन प्रचण्डसमक्ष पार्टी स्कुल विभाग प्रमुखको चयनलगायतका विषयलाई कसरी टुंगो लगाउने भन्ने राय पनि प्रकट गरेका थिए । त्यही बैठकमा बनेका सहमतिअनुसार सचिवालय बैठकले निर्णय लिएको हो ।

    त्यसरी केपी ओलीले आफ्नो स्वास्थ्य ठीक नरहेको जानकारी गराएपछि त्यहाँ सान्त्वना प्रकट गरे पनि प्रचण्ड त्यसबाट निकै खुसी भएका थिए ।

    बिहीबार साँझ आफूनिकटका व्यक्तिहरुलाई बोलाएर प्रचण्डले प्रसन्नता व्यक्त गर्दै भनेका थिए, केपी आफ्नो स्वास्थ्य ठीक नरहेको कहिल्यै भन्दैनथे, आज बिहान उनले आफू कमजोर भएको स्वीकार गरे । अब धेरै दिन केपी क्रियाशील हुन सक्दैनन् भनेर मलाई केही डाक्टरहरुले पनि भनेका छन् ।

    यसरी निकटवर्तीहरुलाई केपीको स्वास्थ्य कमजोर भएको सन्देश सुनाउँदै गर्दा प्रचण्डको मुहारमा खुसीको भाव पोखिने गरी छचल्किएको थियो भने त्यसबखत उनका आँखा पनि निकै चम्किएको सुरक्षा स्रोतबाट थाहा भएको छ ।

    प्रचण्डलाई त्यसबेला भेट्नेहरुले उनी अब आफ्नो पालो आयो भन्नेमा ढुक्क रहेको महसुस गरेका थिए । केपीको स्वास्थ्य बिग्रिएको खबर सुन्दा माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमलगायतका नेताहरु पनि दुःखी हुनेमा पर्दैैनन् ।

    उनीहरु केपीको स्वास्थ्य कमजोर भएको खबर खुसीको विषयमा रुपका परस्पर साट्नेमा पनि पर्दथे । उनीहरुमध्ये पनि प्रचण्डपछि सबैभन्दा खुसी हुने व्यक्ति वामदेव गौतम थिए ।

    यतिबेला केपी ओलीसँगै लपक्कै मिलेको देखिने वामदेव गौतमले केही पत्रपत्रिकामा जबज (जनताको बहुदलीय जनवाद) का पक्षमा लेखहरु प्रकाशित गरिसकेपछि प्रचण्डसँग भनेका छन्, कमरेड, अब केपी बढीमा चार महिना क्रियाशील होलान्, त्यसपछि पार्टी र प्रधानमन्त्रीमध्ये एउटा पद तपाईले र एउटा मैले लिनुपर्छ ।

    यसरी प्रचण्डसँग खुसी सेयर गर्ने वामदेवले केपीकै इच्छाबाट पार्टीको उपाध्यक्ष र संगठन विभाग प्रमुखको पदीय जिम्मेवारी प्राप्त गरेका छन् ।

    अब कास्कीमा चुनाव लडी संसद्मा प्रवेश गर्ने वामदेवको इच्छा पनि सम्भवतः केपीले नै पूरा गरिदिनेछन्, घटना र विचारमा उल्लेख छ ।

    केपीको स्वास्थ्य कमजोर बन्दा खुसी हुने नेताहरुको संख्या ठूलै भए पनि तीमध्ये माधवकुमार नेपालबाहेक सबैले केपीका तर्फबाट मौका पाएका छन् । वामदेव, झलनाथ र प्रचण्ड मौका पाउने नेताको कोटीमा परेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…