• काठमाडौ । रबि लामिछानेका समर्थकहरुले गौरादहमा पनि प्रर्दशन गरेका छन् । गौरादह बजारबाट सुरु भएको प्रदर्शन डिपुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

    कोणसभामा बोल्दै लय बरालले अनुसन्धानको नाममा रबिलाई फसाउँन लागिएको कुरा बताए।
    एसपी मल्लले आफुहरुलाई प्राप्त भएको भिडियोमाथि अनुसन्धान गर्नुको साटो मिडियालाई दिएर गलत काम गरेको भन्दै महेन्द्र भट्टराईले उनको बर्खास्तीको माग गरे भने सहभागी मध्येका एक राजन खनालले पाखण्डी सरकार बिरुद नागरिक एकजुट हुनुपर्ने बताए।

    सञ्चारकर्मी रवि लामिछानेलाई विभिन्न बहानामा फसाउने कार्य भएको भन्दै सम्बन्धित निकायको ध्यानार्कषण समेत उनीहरुले गरेका छन् । सहभागीहरुले पत्रकार लामिछाने दोषी नरहेको विश्वास व्यक्त गरेका थिए ।

    उनीहरुले पत्रकार शालिकराम पुडासैनीको आत्महत्यालाई निश्पक्ष छानबिन गरिनु पर्ने समेत माग गरेका छन् । सहभागीले नेपालको राष्ट्रिय झण्डासहित ‘राष्ट्रका सपुत रवि लामिछानेको साथमा हामी छौँ’ लेखिएको ब्यानर लिएर -यालीमा उत्रिएका थिए । -यालीमा निर्दोषलाई फसाउन पाइँदैन, पत्रकार पुडासैनीलाई न्याय दे, हत्यालाई आत्महत्या भन्न पाईदैन, विधीको शासन कायम गर, रवि लामिछानेलाई बिना सर्ता रिहा गर, रवि लामिछाने जिन्दावाद, जस्ता नारा नारा लगाएको प्रकाश बास्कोटाले बताए । ।

    न्युज २४ टेलिभिजनबाट प्रशारण हुने चर्चित कार्यक्रम ‘सीधाकुरा जनतासँग’का प्रस्तोता रवि लामिछाने उनका सहकर्मी युवराज कँडेलसहित ३ जनालाई चितवन प्रहरीले गत बिहीवार पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पक्राउ गरेको थियो । जिल्ला अदालत चितवनले मंगलबार उनीसहित ३ जनालाई फेरि ५ दिन म्याद थपेर अनुसन्धान अघि बढाउन अनुमति दिएपछि झापामा प्रर्दशनको श्रृंखला बढेको छ ।

    प्रहरीले पत्रकार पुडासैनीको आत्महत्या प्रकरणमा रबिसंगै अन्य २ जनालाई पनि प्रक्राउ गरेको थियो । जिल्ला अदालतले उनीहरुलाई थप ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न समेत अनुमति दिईसकेको छ ।

    भरतपुरमा सञ्चारकर्मी रवि लामिछानेका सामर्थकले आज छैटौं दिनपनि प्रदर्शन जारी राखेका छन् । रवि लामिछानेलाई रिहाइको माग गर्दै सुरु गरेको प्रर्दशन छैटौं दिनसम्म आइपुग्दा शान्तिपूर्ण छ । भरतपुरको चौविसकोठीमा जम्मा भएका समर्थकहरुले गीत गाउँदै प्रदर्शन गरिरहेका छन् । यसअघिका दिनका प्रदर्शन शान्तिपूर्ण नभएका कारण प्रहरीसंग पटक–पटक झडप भएको थियो ।


    यसअघि भरतपुरमा भएको प्रदर्शनका क्रममा नियन्त्रणमा लिएका १४ जना बिरुद्ध चितवन प्रहरीले मुद्धा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले प्रदर्शनमा उश्रृङखल गतिविधि गर्ने र भिडलाई उत्तेजित पार्नेलाई नियन्त्रणमा लिएर मुद्धा दर्ता गरेको बताए ।

    पत्रकार सालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका रवि लामिछानेको रिहाइको माग गर्दै भएको प्रदर्शनका क्रममा पक्राउ परेका २३ जना मध्य १४ जनाविरुद्ध मुद्धा दर्ता भएको उनले बताए । जसमा ११ पुरुष र १२ जना महिला छन् । प्रहरीले साउन ३२ गते ४ जना, भदौं २ गते १० जना र हिजो मात्रै ९ जनालाई नियन्त्रणमा लिएको हो ।

    पहिलो दिन पक्राउ परेका ४ जनाको मुद्धा जिल्ला प्रशासन कार्यालय चितवनमा पेश भएर पाँच÷पाँच सय रुपैंया धरौटीमा छुटेको कोइरालाले बताए । उनले १० जनाको हिजो मुद्धा दर्ता भएको र बाँकी ९ जनाको आज मुद्धा दर्ता हुने जानकारी दिए । कोइरालाले प्रदर्शनका नाममा उश्रृङखल गतिविधि गरे पक्राउ गरी कानून बमोजिम कारवाही गर्ने चेतावनी दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…