देबु बानियाँ
बाहुण्डाँगी । शुक्रवारबाट मकवानपुरको हेटौँडामा नेपाल जेसीज क्षेत्र ख को क्षेत्रीय सम्मेलन हुँदैछ ।
वस्तीपुर जेसीज मकवानपुरको आतिथ्यतामा हुन लागेको सम्मेलनको केही साना मसिना काम बाहेक सबै तयारी पुरा भइसकेको छ । सम्मेलनलाई सफल र उत्कृष्ट बनाउन आतिथ्यता शाखाले ३ महिनादेखि निरन्तर अभ्यास गरिरहेको छ । जसको सार्थकता भोली र पर्सि पुरा हुनेछ । गत वर्ष पर्वत जेसीजमा बिट गरेर २०१९ को कन्फ्रेन्स गर्ने जिम्मा पाएको वस्तीपुरका लागि अवसर र चुनौती दुबै छन् । यस भन्दा अघि भएका सम्मेलनहरु भन्दा उत्कृष्ट बनाउनु पर्ने ठूलो चुनौती छ । यदि वस्तीपुरले पाएको यो अवसरलाई सहज रुपमा समापन गरेमा आगामी दिनका लागि नेपाल जेसीजका राष्ट्रिय कार्यक्रमहरुमा सहज हुनेछ । यसैले पनि आतिथ्यता शाखाले सम्मेलनलाई ऐतिहासिक बनाउन हरकसरत लागि परेको छ ।
‘क्षेत्र ख सम्मेलन अहिलेसम्मकै उत्कृष्ट सम्मेलन बनाउनेछौँ’ आतिथ्यता शाखा वस्तीपुर जेसीज वर्ष २०१९ का अध्यक्ष सुनिल अधिकारीले भन्नु भयो –‘नेपाल जेसीजले दिइएको जिम्मेवारी र यस क्षेत्रका छिमेकी शाखाहरुले हामी माथि गर्नु भएको विश्वासलाई कहि कतैबाट कमि हुन दिने छैनौँ ।’
दुई दिन सम्म चल्ने सम्मेलनको उद्घाटन प्रदेश नम्बर ३ का मुख्य मन्त्री डोरमणी पौडेलले गर्नु हुने अध्यक्ष अधिकारीले बताउनु भयो । ‘यो सम्मेलन मकवानपुर जिल्लाका लागि गौरबको विषय पनि हो’–अध्यक्ष अधिकारीले भन्नु भयो–‘देशका विभिन्न जिल्लाबाट आउनु भएको जेसीज साथीहरुले यहाँका केही न केही नयाँ कुरा लिएर जानु हुनेछ । यस सम्मेलनले पर्यटन वर्ष २०२० लाई सफल बनाउन पनि केही हद सम्म सहयोग गर्नेछ । साथै यहाँको पर्यटनको क्षेत्रलाई समेत टेवा पुग्नेछ ।’
अध्यक्ष अधिकारीले सम्मेलनमा विशेष गरेर मकवानपुरको पहिचान झल्कने हरेक कुराहरुलाई सम्मेलनमा समावेश गराउने बताउनु भयो ।
सम्मेलनमा सहभागी हुनका लागि नेकाबाट निर्वाचित सांसद इन्द्रबहादुर बानियाँ र नेकपाबाट निर्वाचित सांसद तथा प्रदेश पर्यटनमन्त्री अरुण नेपाल आउने अध्यक्ष अधिकारीले जानकारी दनु भयो । उहाँहरुले सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्नु हुनेछ ।
सम्मेलनको अर्काे महत्वपूर्ण कार्यक्रमका रुपमा हेरिने थिम सेमीनारका लागि वक्ताहरु पूर्व जलस्रोत राज्य मन्त्री तथा नेकाका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्य, नेकपाका प्रल्लाहद लामिछाने र राप्रपा नेपालका महामन्त्री तथा राप्रपाका एक मात्र सांसद राजेन्द्र लिङ्देन आउनु हुनेछ । उहाँहरुले नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेलको प्रकरण ‘राइज टु लिड’ का विषयमा बहस गर्नु हुने अध्यक्ष अधिकारीले बताउनु भयो । यसैगरी, सम्मेलनका विषेश वक्ताका रुपमा सांसद रामनारायण विराडी र अरुणदास सुमाग्रीको समेत सहभागिता हुने छन् ।
सम्मेलनमा सहभागि हुन एरिया बि का ३२ वटा शाखा सहित देशका विभिन्न जिल्लाबाट करिब ७ सयको सहभागितामा हेटौँडमा सहभागि हुने अधिकारीले बताउनु भयो ।
तपाईहरुलाई यस सुन्दर नगरी हुटौँडा नगरमा ह्दय विच्छ्याएर स्वागत गर्दै तपाईहरुको दुई दिने हेटौँडा बसाई सुखद र आरामदायी बनोस् । हार्दिक शुभकामना छ ।
(सुनिल अधिकारी अध्यक्ष वस्तीपुर जेसीज)