रातोकलम सम्बादाता, काठमाडौ
पत्रकार शालिकराम पुडासैनिको साउन २० गते चितवनको एक होटलमा मृत्यु भएको घटनालाई लिएर रबि लगायत तीनजनालाई चितवन प्रहरीले पक्राउ गरि अनुसन्धान गर्ने क्रममा अनुसन्धान समेत प्रभावित हुने गरि रबिका पक्षधर भनिन्ने मुलत: राजावादीहरुले आन्दोलन गरेको भन्दै त्यस प्रति नेकपा,काठमाडौ को गम्भीर ध्यानाकर्षण भएको हो ।
बिज्ञप्तिमा भनिएको छ हाम्रो पार्टी पुडासैनीको निष्पक्ष छानबिन गरि सत्य तथ्य बहिरा ल्याउनु समेत सम्बधित प्रसासनलाई आग्रह गरेको छ।
यस घटनाको आवरणमा परिवर्तन विरोधी, यथास्थितिवादीहरुको चहलखेल भएकोले, प्राप्त गणतन्त्रनै धरापमा पार्न खोजिएको स्पस्ट हुन्छ।
यहिँ सन्धर्भमा आफ्नो नेता तथा कार्यकर्ता पंक्तिलाई कुनै त्यस्ता अराजक -उत्श्रुखल कार्यमा समलग्न नहुन र सामाजिक संजालमा त्यस्ताखालका गतिविधिलाई प्रोत्साहन पुग्नेखालको कार्य नगर्न निर्देशन गरको छ ।
नेकपा काठमाडौ जिल्ला अध्यक्ष कृष्ण राई र सचिव हिमाल शर्माको हस्ताक्षरित प्रेश बिज्ञप्तिमा भनिएको छ यस घटनाक्रमलाई लिएर गरिएको प्रदर्शन तथा सामाजिक संजालमा आउने धराणाले स्वतन्त्र र निष्पक्ष छानविनलाई समेत
प्रतिकुल प्रभाव पर्ने भएकोले त्यस्ता गतिविधिमा संलग्न नहुन आम जनसमुदायलाई अनुरोध गरेको छ।