• काठमाडौं । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणका आरोपी टेलिभिजन प्रस्तोता रवि लामिछानेका दुई दर्जन समर्थकविरुद्ध चितवन प्रहरीले अभद्र दुर्व्यवहार अन्तर्गत मुद्दा चलाएको छ ।

    रवि कसैको हत्यारा नभएको भन्दै चितवनमै भेला भएर उनको रिहाइका लागि प्रदर्शन गर्नेहरुमाथि प्रहरीले दमनको नीति लिएसंगै खराब आचरण र व्यवहार देखाएको भन्दै मुद्दा चलाएको हो ।

    चितवन प्रहरीले अहिलेसम्म २२ जना विरुद्ध मुद्दा चलाएको छ । मुद्दा चलाइएका गत साउन ३२ गते पक्राउ परेका चार जना समर्थक भने जनही पाँच सय रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।

    रिहा हुने चारै जना चितवन भरतपुरका हुन् । ३५ वर्षीया कोपिला न्युरे, ४० वर्षीया गीता भुजेल, २४ वर्षीय गोविन्द बास्तोला र १८ वर्षीय प्रवीण गैरे रहेका छन् ।

    बाँकी १८ जना भने भदौ २ गते र भदौ ३ गते पक्राउ परेका हुन् । प्रहरीले भदौ २ गते १० र भदौ ३ गते ८ जनालाई पक्राउ गरी मुद्दा चलाएको हो ।

    प्रहरीले रविका समर्थकहरुबाट प्रहरीमाथिसमेत आक्रमण गरेको भन्दै कार्वाही गरिएको जनाएको छ ।

    १६ दिनअघि चितवनको होटलमा मृतअवस्थामा भेटिएका पत्रकार सालिकराम पुडासैनीको मृत्यु हत्या हो वा आत्महत्या भन्ने कुराको पुष्टि गर्ने पोष्टमार्टम रिपोर्ट सार्वजनिक गरिएको छैन ।

    शरीरमा केही डामहरु रहेका कारण हत्याको आशंका गरिए पनि प्रहरीले भने रवि लामिछानेसहित तीन जनालाई आत्महत्याको मुद्दामा आरोपी बनाएर अदालतमा पेश गरेको छ ।

    प्रहरीले हिरासतमा लिएपछि पहिलो पटक पाँच दिनका लागि म्याद थपेर अनुसन्धान गरेको थियो भने दोस्रो पटक थप अनुसन्धानका लागि गत मंगलबार अदालतबाट पाँच दिनको समय लिएको थियो ।

    अब आइतबार के हुन्छ त भन्ने जिज्ञासा बढेको छ । रविका सयौं समर्थकहरु दिनानुदिन रिहाइको माग गर्दै भरतपुरमा आन्दोलित छन् । देश विदेशबाट समेत रविको रिहाइका लागि माग भइरहेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…