• सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने अर्थशास्त्रका शिक्षक हुन् । २०७४ सालको जेठ महिना, पानी परेको थिएन । परेको थिएन । सर्लाहीको मौसम असाध्यै गर्मीलो थियो ।

    शाहले परीवारका साथमा वसेर टेलिभिजन हेरीरहेका थिए । यत्तिकैमा साहको फोनको घन्टी बज्यो । साँझ बजेको फोनको घन्टीले उनको जीवनमा ठूलै भुइँचालो ल्याइदियो ।टेलीफोनवालाले भनेजस्तै शाहले न्युज २४ च्यानल खोले । नभन्दै उक्त च्यानलमा कार्यक्रम प्रस्तोताले शाहलाई बलत्कारी भन्दै बोलिरहेका थिए ।

    मलङ्गवाको शाहको घरमा एक किसीमको सन्नाटा छायो उक्त समाचारका कारण । शाहले जसलाई ऋण दिएका थिए उनैले रवी लामीछानेको उक्साहटमा उक्त टेलिभिजन च्यानलमा आफूविरुद्ध बलत्कारको आरोप लगाइरहेका थिए । शाह भन्छन् “उर्मीलाकी छोरी वीमा कुमारी मन्डलले उनलाई बलत्कार गरेको बताइरहेकी थिइन् ।’

    रवी लामिछानेले एकतर्फी कार्यक्रम चलाइरहेका थिए । शाहलाई बलत्कारी भनिरहेका थिए । शाह कानुनी उपचारको लागि जिल्ला प्रशासन गए । तर प्रमुख जिल्ला अधीकारी प्रदिपराज कँडेल प्रहरी उपरीक्षक मसहद आलम खानले समेत रविले लगाएको आरोप स्वीकार्नु पर्छ भनेर दवाव दिए ।

    त्यतिबेला शाहको उमेर ६४ वर्ष थियो । वुढो शरीर लिएर उनी अदालत पुगे र अदालतले उनलाई सफाइ दियो । शाह भन्छन् (‘अदालतले त सफाइ दियो तर मेरो इज्जत कसले फर्काइदिन्छ रु नखाएको विष लागेर ६४ दिन थुना र जेल वस्दाको पीडा कसले सुनिदिन्छ आफूले गर्दै नगरेको काममा मलाई यसरी वदनाम गरे कि, म पनि पत्रकार पुडासैनीले जस्तै आत्महत्या गर्न चाहान्थे ।’ स्रोत स् संसारन्युज

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…