• काठमाडाैं, ६ भदाै । मेरो बुबामाथि २०७५ पुस १९ गते बलात्कारको उजुरी पर्यो । बुबालाई चितवन प्रहरीले पक्राउ ग¥यो । अहिले मुद्दा विचाराधीन छ । जसले मेरो बुबालाई बलात्कारको आरोप लगाएकी हुन्, उनले दाङमा पनि अन्यलाई यस्तै आरोप लगाएको सुनेपछि मिसिल खोज्न दाङ गएँ ।

    चैतको मध्यतिर हुनुपर्छ । एकाएक ‘सिधा कुरा जनतासँग’ मा बलात्कारको पीडित भनिने युवतीलाई बयान फेर्न प्रभावमा पार्न उनको ब्यागमा पाँच लाख राखिदिएको भनेर समाचार प्रशारण भएछ । उनीहरु अदालतमै आएर भिडियो खिचेर गएका रहेछन् । रवि लामिछाने, दीपक बोहरा र युवराज कँडेल आएका रहेछन् । कार्यक्रम प्रशारण भयो । म दाङमा थिएँ । चितवनमा हाम्रो परिवार पनि थियो ।

    कसैसँग घटनाबारे सोध्दै नसोधी, हुँदै नभएको, गर्दै नगरेको समाचार आएपछि म चितवन फर्किएँ । रविको सहयोगी कँडेलको नम्बर फेला पर्यो । मैले उनलाई फोन गरेर अदालतमा विचाराधीन मुद्दामा झूटो कुरो किन बोल्नुभयो ? यो झूटो हो, पीडित भनिएकी युवतीले अरुलाई पनि फँसाएकी छन् भनेँ ।

    कँडेलले अहिले हामी नुवाकोटमा छौँ, यतै आउनु भने । म आउन सक्दिनँ भनेँ । अफिस कहाँ हो म आउँछु भनेपछि काठमाडौं पानीपोखरीमा मिसिल लिएर आउनु भने । म चितवनबाट काठमाडौं आएर पानीपोखरीमा रहेको न्युज २४ को कार्यालयमा गएँ ।

    हामी तीन जना गएका थियौँ । रविलाई दाइ भनेर चितवन जिल्ला अदालतमा जे समाचार प्रशारण गर्नुभयो त्यो झूटो हो, पैसा दिएको छैन, लेनदेन गरेको छैन । मिसिल हेर्नुस्, प्रमाण केही भए मेरो बुबालाई सजाय हुनुपर्छ । नत्र ५९ वर्षको निर्दोषलाई फँसाउनु पाप हो । योबारे बोल्दिनुपर्यो भनेँ ।

    रवि सरले यसरी बोल्न यो रेडियो एफएम हैन भने । केही समय विवाद भयो । यो घटनाको बारेका अनुसन्धान गरेर कार्यक्रम बनाउनुस् र देखाउनुस्, बुबाको कार्यक्रमको भिडियो युट्युबबाट हटाउनुस् भन्दा त्यत्तिकै कार्यक्रम बनाउन लाग्ने खर्च १० लाख जति दिनु युट्युुबबाट पनि हटाउँला भने ।

    म त झसंग भए । म त उहाँको फ्यान थिएँ । अन्यायविरुद्ध आवाज उठाउने व्यक्ति भन्ने लागेको थियो । उल्टो पैसा मागेपछि के भन्ने के भन्ने भयो ।

    दाइ म त तपाईंको फ्यान पनि हो । अन्यायमा पनि परेको हुँ । भिडियो भए पनि हटाइदिनुस् न त भन्दा हामीबाट केही हुन्न, अदालत गए हुन्छ भने ।

    पैसा नदिए केही हुन्न भनेपछि मैले १० लाख त छैन, मसँग भएको साढे ३ लाख रुपैयाँ छ, हुन्छ भने लिनुस् भनेँ । उहाँले ल यो भित्र गएर युवराज कँडेललाई दिनु म हटाइदिन्छु भन्नुभयो ।

    म चितवन फर्किएँ । चितवन गएर हेर्दा हटेको रहेनछ । मैले रवि दाइलाई फोन गरेर भिडियो त हटेको रहेनछ भनेँ । उहाँले युवराजसँग कुरा गर्नु भने । युवराजलाई फोन गर्दा साढे ३ लाखले भिडियो हट्दैन, नाम चैँ हटाइदिएका छौँ भने । बाँकी पैसा दिन सकिनँ । उल्टो अन्यायमा परेँ ।

    रवि लामिछाने बिना स्वार्थ हिँडेको रहेनछ । राम्रो मान्छे रहेनछ भन्ने देखियो । मैले अहिले जे बोलेको छु, त्यसबारे अनुसन्धान होस् । म जहाँ जान पनि तयार छु । (तिलक गैरेसँग शुक्रबारकाे कुराकानी, हामीले शुक्रबार साप्ताहिकबाट लिएका हाैं)

    र, याे पनि
    रवि लामिछानेको लीला शृंखला, के हुन्छ केस ?

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…