बिजय ज्ञवाली,
प्रीय बहिनी निर्मला,
अव तिमि यो धर्तीमा त छैनौं। तर तिमि यसै धर्तीमा अटल छौ। कहिं गएकी छैनौ हामीलाई छोडेर। मात्र तिमि चीरनिद्रामा छौ, हामी चाहिं तिमि जागेर पुन: त्यहिं `निर्मला´ बनि तिम्रै साईकिल तिमि आफैले किर्लिङ्ग किर्लिङ्ग पार्दै पुन: ट्यूसन पढ्न जान सक्नेछौ भनेर व्यग्र प्रतिक्षामा छौं। हामीलाई कठोर आशा छ कि, तिमि पुन: त्यहिं साईकिलमाथी किर्लिङ्ग किर्लिङ्ग पार्दै ट्यूसन पढ्न अवश्य जानेछ्यौ प्रीय बहिनी निर्मला !
हामीले तिम्रोलागी जुन प्रतिक्षा गरेका छौं, त्यो तिमिबाट साकार हुनैपर्दछ बहिनी। हो, तिमिले किर्लिङ्ग किर्लिङ्ग पार्दै हिंडेको बाटोमा खाल्डा रहेछन, काँडा रहेछन। बाटो सोंचेजस्तो सरल रहेनछ, अत्याधिक भुलभुलैयायुक्त बाटोमा तिमि ठेस लाग्दै, उचालिंदै अनि पछारिंदै जिन्नकीको सुनौलो गन्तव्यसम्मको परिकल्पना गरेकि तिम्रो भविष्यको `किर्लिङ्ग किर्लिङ्ग´ आज त्यहिं यौटा मोडमा गएर निर्मम निमोठिएको छ, जुन मोडको कल्पना सायद तिमिमा कहिल्ल्यै पनि पलाएन होला।
बहिनी निर्मला,
हामी आजबाट यौटा यो अठोट गर्दैछौं। तिमि निर्मम निमोठिएको मात्र होईन, तिमिजस्ता कयौं सूदूर क्षितिजको गन्तव्य पहिलाऊने अभिलाषा बोकेर जिन्नकीका तिनै ढर्ल्याक ढुर्लुक खाल्डाहरुमाझ उस्तै किर्लिङ्ग किर्लिङ्गको आवाजमा आफ्नै जिन्नकी खोज्दै हिंड्ने ति सयौं चेलीहरु पनि आज कतिपय पाशवको नजरमा छन होला। तिमि निर्मम निमोठिएर पनि अव त यो चेतना हामीमाझ प्रवाह गरेकी छौ कि, अव हामी कुनै पनि चेलीलाई यसरि निर्मम निमोठिनबाट जोगाऊन यौटा कठोर संकल्प गर्दैछौं। त्यो यौटा यस्तो संकल्प, जसको नेतृत्वकर्ता तिमि नै हुनेछौ, अगुवाई तिमिले नै गर्नेछौ र बाँकी कर्तव्य तिमि आफै निभाऊने छौ र त तिमि हामीसंगै छौ बहिनी निर्मला।
अदृष्य, लुप्त भएकी छौ, तर तिमि अझै शक्तिवान भएर हामीसंगै छौ। उस्तै मुस्काएकी छौ। उहिं गन्तव्य अव फरक रुपले पार गर्दैछौ। अझ फरक। यो गन्तव्यमा तिमिले आफ्नो जिन्नकीको `किर्लिङ्ग किर्लिङ्ग´ मात्र पारेकी छैनौ, वल्कि सिंगो देशको आलार्म नै वजाईदिएकी छौ। तिम्रै श्रेयमाझ अव त देश पनि जाग्छ कि प्रीय बहिनी निर्मला?
हामीलाई थाहा छ, हामीलाई पनि तिमि भएकै ठाऊंमा ढिलोचाँढो अवश्य आऊनु नै छ। तिमिले यौटा जिन्नकीको त्यो क्रूर आततायी बाटो बढो कष्टसाथ पार गरेर पनि आज स्वर्गको यौटा टुक्राबाट मन्द मुस्काऊँदैछौ, चमेली फूल झैं उन्मत्त प्रीय बहिनी निर्मला। हो, तिमि त्यहाँबाट यसै गरि उन्मत्त भएर मुस्काऊ मात्र बहिनी निर्मला, हामी पनि यहाँ तिमि हिंड्ने गोरेटाहरु अव अझै सहज बनाऊनकै लागी संघर्ष गरेर मात्रै विश्राम लिनेछौं, तिमिसंगै हुनेछौं।
मलाई यौटा खेद छ बहिनी, तिम्रो जिन्नकी नै च्वास्स गरेर घोंचेर गएका ति विषालू काँडाहरुको भेष बदलाईंदैछ रे, बिषालूलाई अझै बढि दूध चढाईंदै छ रे ! र, त्यसरि दूध पिलाई अझ विषालू बनाईकन पुनश्च: अर्को तिमिजस्तै निर्मल कोपिला पुन: निर्मम निमोठ्नकै लागी तयार पारिंदैछ रे, संरक्षित गरिंदैछ रे ! तर, प्रीय बहिनी निर्मला ! तिम्रै कसम छ, अहं अव हामी त्यस्तो बिषालूलाई कदापी माफी गर्नेछैनौं संरक्षण हुन दिने छैनौं। समाजका त्यस्ता विषालूलाई अव हामी उसैगरि नै निर्मम उँखेलेर फ्याँक्ने यो महाअभियानमा छौं, जसको नेतृत्वकर्ता तिमि नै हुनेछौ प्रीय बहिनी निर्मला !
खवर धेरै फैलियो। यत्र तत्र सर्वत्र फैलियो। तिम्रो जिन्नकीको `किर्लिङ्ग किर्लिङ्ग´ आवाज निर्मम निमोठियो भन्ने खवरले सारा लोक स्तव्ध भयो, तर ति पिपासुहरु कहिल्लै स्तव्ध भएनन, बरु शक्तिको आडमा कतै उन्मक्त विषालू अट्टहास छर्दैछन भन्ने खवर आगोसरि फैलिएको छ। र, बहिनि हामी पनि मान्न तयार छैनौं कि तिमिलाई निर्मम निमोठ्ने त्यो जन्तुले कुनैपनि हालतमा उन्मुक्ति पाऊनै हुँदैन। उसलाई पनि उसैगरि निर्मम सजायँपश्चात मात्र नै हामीले विश्राम लिनेछौं, तिम्रो आत्मालाई शान्ती नदिलाएसम्म कन्चनपुर मात्र त के, सिंगो देशले चयनको स्वास फेर्नेछैन। यो हाम्रो एकमात्र प्रतिवद्धता हो बहिनी। त्यसैले पनि कन्चनपुर मात्र होईन, सिंगो देश सुतेको छैन, सुत्न पनि दिंदैनौ। असली त्यो हिंस्रक जनावरलाई आम जनसागरमाझ सार्वजनिक गर्दै कठोर कानूनी कठघरामा नऊँभ्याऊँदासम्म कन्चनपुर मात्र त के, सिंगो देशलाई ब्यूँझिरहन हार्दिक आग्रह छ।
मैले बुझेअनुसार घटनाको मूख्य अभियुक्त शक्तिकेन्द्रकै आडमा लुकाईएको छ रे, घटनालाई अतिरन्जित गर्न अनेकन बाहानाबाजी गरिंदैछन रे! र, उक्त क्रूर पाशवलाई जोगाऊन शक्तिकेन्द्रको आडमा अनेकन प्रन्च रचिंदै छन रे! घटनाको अनुन्धान गरिरहेको सीबीआईलाई घटनास्थलका कारण समस्या भएको देखिन्छ रे ! तिमिमाथी बज्रपात परेको त्यो दिन पानी परेका कारण अनुसन्धानमा सहयोगी कुकुरहरुले समेत काम गर्न सक्ने अवस्था नहुँदा अनुसन्धान प्रभावित भएको छ भन्ने काईते तर्क सम्बन्धित अधिकारीको तर्फवाट आएको रहेछ।
आज तिमि निर्मला यसरि निर्मम निमोठिईरहने, अनुसन्धानमा संलग्न अधिकारप्राप्त अधिकारि अनेकन बाहानामा पन्छिन खोज्दा भोली तिमिजस्तै निर्मल निर्मलाहरु अरु पनि निमोठिने छैनन भनेर कसरी भन्न सकिन्छ र? अपराधीलाई कानुनी दायरामा ल्याऊन आवाज वुलन्द पार्दै गर्दा गोली र अश्रुग्याँसले तितरवितर पार्ने स्थानिय प्रशासनको भूमिकामै कतै खोट त छैन। प्राप्त सूचनाहरुले वास्तविक बलात्कारी अनि बलात्कारपश्चात हत्याको अभियुक्त कहिं कतैबाट सुरक्षित एवं संरक्षित बनाईएर कुनै एक अलिक कमजोर नागरिकलाई नियन्त्रणमा लिई घटना कवोल गर्न लगाईएका समाचार छन।
यदि यस्तो समाचार सत्य हो भने हामीले कसरि रक्षकलाई विश्वास मानेर बस्ने? यसवारेमा विस्तृत चिरफार अर्को लेखमा गरौंला। तर, अहिलेलाई चाहिं निर्मलाको बलात्कार पछि हत्या गर्ने त्यो अथवा संलग्न ति पाशवहरुलाई कडा कानूनी दायरामा नल्याऊंदासम्म यो आन्दोलन रोकिनुपनि हुँदैन, निर्मलाको आत्माले शान्ती पाऊनैपर्दछ। निर्मलाको परिवारले न्याय पाऊनैपर्दछ। यदि वास्तविक अपराधी समातिएकै हो भने कंचनपुर किन यतिविघ्न उद्धेलित छ त? या वास्तविक अपराधी लुकाईएर कुनै निर्दोषलाई शूली पो चढाईंदैछ कि?
घटनाको अनुसन्धान चारैतर्फवाट निष्पक्ष हुनुपर्दछ। कहिं पनि कतैबाट अपराधी उम्क्याऊने प्रयासमा लाग्नु हुँदैन भने प्रशासनलाई छानविनमा सहयोग पुर्याऊने दायित्व नागरिकको पनि हो। यसविचमा विकशित घटनाक्रम पनि निकै सन्देहको घेरामा छन, ति सवै घटनाक्रमको चिरफार अर्को आलेखमा गर्ने वाचासहित अहिलेलाई यत्तिकैमा टुंग्याऊने अनुमति चाहन्छु। कुनैपनि हालतमा अपराधी उम्किनु हुँदैन, घटनाको सत्यतथ्य बाहिर आऊनैपर्दछ। अत्यन्तै पिडादायी अवस्थाबाट हामीबाट चिरनिद्रामा लिन भएकि प्रीय निर्मल बहिनी निर्मला, तिम्रो आत्माको शान्तीको लागी हामीले एकमात्र अठोट गरेका छौं- तिम्रो जिन्नकीको निर्मल कोपिला निर्मम निमोठ्ने अपराधीलाई कुनैपनि हालतमा कठोर कानूनी कारवाहिको दायरामा ल्याएरै छाड्नेछौं।
" जिवन सुन्दर फूल हो,
हिलोमा पनि फूल्नु छ
कहिले धर्ती नै मोहित पार्नुछ भने
कहिले यसैगरि निर्मम निमोठिनु छ
आखिर नियती भनौं या के भनौं
निर्मम निमोठिएर पनि `निर्मल´ रहेकी
प्रीय बहिनी निर्मला,
तिमि उसैगरि नै मुस्काऊनेछौ
जसरि जिन्नकीको सूदूर क्षितिज छिचोल्न
साईकिलको `किर्लिङ्ग किर्लिङ्ग´
आवाजसंगै तिनै मोडहरुमा
(एक बर्ष अघि लेखिएको यो सामाग्री ज्ञवालीको फेसबुकबाट साभार गरिएको हो । )