प्रतिनिधिसभा सदस्य एवं माेरङ क्षेत्र नम्बर १ का सांसद घनश्याम खतिवडा र उर्लावारी नगरपालिकाका मेयर खड्ग फागाेबीच नगरपालिकामा उत्पन्न विवाद अन्त्य गर्न छलफल भएकाे छ ।
दुई जनप्रतिनिधहरूबीच शुक्रबार राजधानीकाे बागबजारमा भएकाे उक्त भेटमा सांसद खतिवडाले दुवै पक्षकाे कमिकमजाेरीहरू सच्चाएर जान सुझाव दिएका छन् ।
उनले दुवैपक्ष मिलेर नियम र कानुनकाे परिधिमा रहेर विवाद सामाधान गर्न सुझाएका छन् । उनले विकासमा वादविवाद नगर्न भन्दै सबै पक्षलाई समन्वय गर्न अाग्रह गरेका छन् ।
भेटमा मेयर फागाेले अाफ्ना कमीकमजाेरी सुधार्ने र अाफू नियम र कानुनकाे परिधिमा रहेर काम गर्ने बताए ।उनीहरूबीच उर्लावारीकाे विकास र समृद्धिकाे विषयमा पनि छलफल भएकाे थियाे ।