•  

    पाँचथर: दुई महिनादेखि घरको छानामा निरन्तर ढुंगा हान्न क्रम नरोकिँदा पाँचथरको फिदिम नगरपालिका वडा नम्वर १ का २ परिवार त्रासमा दिनरात काटिरहेका छन । फिदिम १ नाम्दु टोलका वलवहादुर राई र शिव श्रेष्ठको परिवार साँझ पर्नासाथ घरमा ढुंगा वर्षिन थालेपछि त्रासमा दिनरात गुजार्न वाद्य भएका हुन ।

    राईको घरमा जेठ २६ र श्रेष्ठको घरमा असार २४ गतेदेखि अज्ञात समूहले ढुंगा हान्दै आएको वताइएको छ । कुहिरो लाग्दा र पानी पर्दा दिँउसै पनि ढुंगा वर्सिने गरेको पीडितहरु वताँउछन । निरन्तर ढुंगा हान्दिा श्रेष्ठको घरको छानो छियाछिया परेको छ भने राईको घर र भान्छाघरको छानामा ढुंगा थुप्रिएका छन ।

    पछिल्लो समय ढुंगा हान्ने व्यक्तिको पहिचान गर्न गाँउलेहरु भेला भएर वस्ने गरेको पीडितहरु वताँउछन । यद्धपी मान्छे घर भित्र पसेपछि ढुंगा हान्ने र वाहिर निस्केपछि रोकिने गर्छ । पहिलो पटक ढुंगा हान्दा के भएछ भन्ठानेर बाहिर निस्कँदा शिवका छोरा सुरेषको टाउकोमा लागेर घाइते समेत भएका छन ।

    पीडित मध्ये श्रेष्ठले घट्नावारे प्रहरीमा पनि जाहेरी दिएका छन । केहिदिन अघि प्रहरी घट्नास्थल पुगेर स्थलगत अध्ययन गरेपनि त्यो क्रम रोकिएको छैन । प्रहरीले दोशी पक्राउ गर्नभने ठोस कदम चालेको छैन । भिडियोमा हेर्नुहोस घटनाको पुरा विवरण

    https://youtu.be/2qJmyKn1yh8?t=10

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…