काठमाडौं–प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चितवन प्रहरीको हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेललाई भेटेका छन् ।
खनालले शुक्रबार दिउँसो चितवन प्रहरीको हिरासतमा रहेका रवि र युवराजलाई भेटका हुन् । भेटका क्रममा खनालले रविलाई असुरक्षित भएको महशुस नगर्न समेत आग्रह गरे ।
खनालले प्रहरी हिसासतमा कोही पनि असुरक्षित नहुने बताएका थिए । केही दिन अघि रविले पत्नी निकिता पौडेको फेसबुकमा स्टाटस लेख्दै आफु हिसातमा असुरक्षित रहेको बताएका थिए । तर, आइजीपिले भने उनलाई हिसारतमा असुरक्षित महसुस नगर्न र महसुस भएमा आफुलाई भन्ने आग्रह गरेका छन् ।
चितवन प्रहरीको निरीक्षण भ्रमणका क्रममा खनालले हिरासत कक्षको निरीक्षण गरेका हुन् ।