• चितवन – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी ९ भदौमा चितवन जिल्ला बन्दको घोषणा गरेको छ ।

    विप्लव समूहका चितवन जिल्ला इन्चार्ज शार्दुल र सचिव ध्रुवद्वारा शुक्रवार जारी विज्ञप्तिमा पूर्वी चितवनस्थित राप्ति नगरपालिका–११ आहोलेवाङ्मा आफ्नो पार्टीले बनाएको प्रतीक्षालय प्रहरीले भत्काएको विरोधमा जिल्ला बन्द आह्वान गरिएको छ ।

    प्रतिक्षालय भत्काउने कार्यले वर्तमान ओली सरकार आफू पनि विकास नगर्ने र अरुलाई पनि विकास गर्न नदिने नीतिमा रहेको आरोप लगाइएको छ ।

    ‘जनतालाई आतंकित बनाउँदै निर्माण भइरहेको प्रतिक्षालय भत्काउने र आगजनी गर्ने कार्य आफू पनि विकास नगर्ने र अरुलाई पनि विकास गर्न नदिने दम्भ हो,’ विज्ञप्तिमा उल्लेख छ । घटनाको विरोधमा विप्लव समूहले राप्ति नगरपालिका–११ को कार्यालयमा आगजनी गरेको थियो ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागाईंले आगजनीबाट वडा कार्यालय पूर्ण रूपमा नष्ट भएको बताए । ओली सरकार विप्लवप्रति आक्रामक भएपछि विप्लवले पनि आगजनी र बन्दका कार्यक्रम गर्दै आएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…